Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतारले विदेशी श्रमिकको तलब तोक्ने

एजेन्सी । कतार सरकारले विदेशी श्रमिकको न्यूनतम तलब निधारण गर्ने कानुन पारित गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा आप्रवासी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देशभित्र परेको छ ।
कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले बुधबारको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको जानकारी सञ्चारमाध्यमार्फत गराएका थिए । बुधबार पारित भएको नयाँ कानून सन् २०२० जनवरीदेखि कार्यान्वयन गर्ने बताएको छ ।
खाडी मुलुकमा न्यूनतम तलब तोक्ने विषयमा नेपाल सरकार र सम्वन्धित मुलुकको निर्णय फरक देखिने गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले कतार सरकारको पछिल्लो निर्णयलाई कामदारका हितमा महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेको छ ।
कतारमा विभिन्न ३६ देशका २५ लाख बढी कामदारले रोजगारी गरिरहेका छन् । कतारले सबै मुलुकका कामदारको तलब बरावरी हुने बताएको छ । तर पश्चिमा मुलुकका सञ्चारमाध्यमहरु नेपाली कामदार सबैभन्दा बाढी मारमा परेको भन्दै पटक पटक आफ्ना समाचारका विषय बनाउने गरेका छन् । रोजगारीका लागि कतार जाने नेपाली अदक्ष कामदारको तलब न्युनतम ९ सय कतारी रियाल तोकेपनि कतारका रोजगारदाताले ७ सय ५० रियाल मात्रै दिने गरेका छन् ।
हाल कतारमा ५ लाख नेपाली कार्यरत रहेका छन् । नयाँ कानूनले उनीहरुसहित रोजगारीका लागि जाने नयाँ कामदारहरु पनि लाभान्वित हुने छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल