Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतारले हटायो सबै प्रतिबन्ध, खुल्यो श्रम बजार

दोहा । कोरोना महामारीले नयाँ श्रमिक ल्याउन रोकेको कतारले नोभेम्बर १५ देखि सबै प्रतिबन्ध हटाएको छ । नयाँ श्रमिक ल्याउने कम्पनीले कतार सरकारले तोकेको नयाँ पारिश्रमिकको मापदण्ड पूरा गर्नुपर्नेछ ।

कोरोनाका कारण लगाइएको प्रतिबन्ध हटाइए पनि नयाँ श्रमिक ल्याउँदा नयाँ नियम पालना गर्ने कम्पनीको मात्र निवेदन स्वीकृत गरिने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ । कतार प्रवेश गर्नेले कोरोना नेगेटिभ भएको प्रमाण पत्र देखाउनु पर्ने छ । यस्तै सात दिन क्वारेनटाइन पनि बस्नु पर्नेछ । यो मापदण्ड पूरा गर्ने नयाँ श्रमिकले पनि कतार प्रवेशको अनुमती पाउने छन् ।

मोबाइलमा अनिवार्य एह्तराज एप्स डाउनलोड गर्नु पर्नेछ । यसघि कतारले कतारी आइडी होल्डर भएकाहरूलाई मात्र प्रवेश अनुमति दिदै आएको थियो । कतार सरकारको यो निर्णयसंगै छुट्टीमा गएर नेपालमै रोकिएका तथा नयाँ भिसा लागेर कतार जाने पर्खाइमा रहेका नयाँ नेपाली श्रमिकले पनि प्रवेश अनुमति पाउने छन् ।

मास्क नलगाई हिड्ने १६४ जनालाई कतारको आन्तरिक मन्त्रालयले पक्राउ गरेको छ । यस्तै सात व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिइएको छ । उनीहरू सबैलाई सार्वजनिक मुद्दा चलाईएको मन्त्रालयले जनाएको छ । कतारमा सवारी चालकसहित एकै परिवारका चार जना मात्र हिड्न अनुमती दिइएको छ ।


सम्बन्धित समाचार