Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘कबड्डी ३’ ले पूरा गर्‍यो ५१ दिन

यस वर्षको ब्लकबस्टर फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी कबड्डी कबड्डीले आफ्नो नाम लेखाउन सफल भएको छ । गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ । शनिबार यो फिल्मले राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो । बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको निर्देशक गुरुङले बताए । वितरक कम्पनी स्टेशन फाइभले फिल्मको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको छ । यस वर्षको असोजसम्म कुनै फिल्मले यो आँकडा छुन सकेका छैनन् ।
कबड्डी ३ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि दाल भात तरकारी र जात्रै जात्राले ५१ दिन मनाउन सफल भएका थिए । फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । चलचित्रमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।


सम्बन्धित समाचार