Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमेडियन सिंहको घरमा एनसीबीको छापा

नयाँदिल्ली। भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो ।
एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ । यस विषयमा थप विवरणहरू भने सार्वजनिक गरिएको छैन । हाल सालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो । भारती सिंहको भारतकी चर्चित हाँस्य कलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन् । भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ । यद्यपि यस विषयमा थप विवरण आउन बाँकी छ । एजेन्सी


सम्बन्धित समाचार