Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट आवरणमा मिसन रअ

  • अर्जुन ज्ञवाली

नेकपा मसालको मुखपत्र युगदर्शनमा मेरो लेखनमा रहेको प्रस्तुति पुस्तक नारायणहिटी हत्याकाण्ड सेना र माओवादी पुस्तकको विषयमा मित्र मनोज भट्टले बद्नाम गर्ने सिआइए शैली (२०७७ फागुन ३ गते) शीर्षकमा मोहनविक्रम सिंहको बचाउमा लेखेको लेख हेर्दा हाँसो लाग्यो र बहसमा ल्याएकोमा खुशी पनि लाग्यो । मोहनविक्रम सिंह र पुष्पलाल भारतीय जासुसी निकाय रअको संरक्षणमा भारतबाट पालित हुन् भन्ने कुरा बीपीको राजा, राष्ट्रियता, राजनीति पुस्तकको उद्धृत अंश हो । करिब करिब बीपीको यो अन्तिम कृति पनि हो भन्दा अत्युक्ति हुँदैन । हाम्रो विश्वास के छ भने जीवनमा मानिसले जतिसुकै अपराध गरेको किन नहोस् मृत्युको मुखमा उसले झूट बोल्दैन । यो पुस्तक वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा टेप गरिएको र त्यसको भाषा जस्ताको तस्तै छापिएको पुस्तक हो ।
२०३६ सालको जनमत संग्रह बहिष्कार गरेर तत्कालिन पञ्चायतलाई सहयोग गरेको तत्कालिन नेकपा चौम र मोहनविक्रम सिंह उहाँका दासजस्तै बँधुवा बनेर बसेका कार्यकर्ताले तथ्यमा बहस गर्नेहरूले राजापरस्त गद्दार र सीआईडी भन्नु नौलो कुरा होइन । मोहनविक्रमले लेखेको गद्दार पुष्पलाल र निर्मल लामा सीआईडी आरोपित दस्तावेज अहिले पनि सुरक्षित रहेका छन् । मलाई खुशी लागेको छ । कम्तिमा पनि पुस्तक पढेर टिप्पणी गर्नुभएकोमा । एमबीले पञ्चायतलाई जनमतसंग्रह जिताउन बहिष्कार गर्ने क्रममा बहुदलको प्रचारप्रसारमा जाँदा डा. केशरजंग रायमाझी र कृष्णप्रसाद भण्डारीलाई गोरखामा आक्रमण गर्ने बाबुराम भट्टराई र बाचस्पति देवकोटा थिए । उनीहरूले मोहनविक्रमकै निर्देशनमा आक्रमण गरेका थिए । कृष्णप्रसाद भण्डारीलाई एभरेष्ट नेपालको एउटा अन्तर्वार्तामा हामीलाई रसियन भन्दै सीआईएको योजनामा आक्रमण गरेको कुरा खुलासा गरेका छन् । त्यसैगरी एमबीको रिमदेखि सिआइएसम्मको सम्बन्धको खुलासा पनि भण्डारीले गर्नुभएको छ । यसैकारण होला कुनै समय माले, मसाले र मण्डले एकै हुन् भन्ने शब्दाबली प्रचलित रहेको छ । राष्ट्रवादी विद्यार्थी मण्डलका संस्थापक अध्यक्ष र २०३६ को जनमतसंग्रहमा निर्दललाई जिताउन देशैभरि क्याम्पियन गरेका वरिष्ठ पत्रकार पदम ठकुराठीले कमलराज रेग्मीमार्फत् मोहनविक्रम सिंहले त्यतिबेला पञ्चायती सरकारबाट ३० लाख रूपैयाँ लिएको खुलासा गरेका छन् । जुन कुरा यो पंक्तिकारद्वारा लिखित बाइबल र माओवादमा ठकुराठीलाई उदृत गरेर दस्तावेजीकरण गरिएको छ । २०६२/०६३ पछि नागरिकता लिनुभएका मोहनविक्रम सिंह र मसाल सीआइएद्वारा स्थापित रिमको संस्थापक सदस्य पनि हुन् । पछि माओवादी हिंसा शुरु भएपछि त्यसमा सिंहले असहमति जाहेर गरेकाले उनलाई रिमबाट निष्काशन गरेर त्यसको सदस्यता माओवादीलाई दिलाइएको थियो । संसारभरि घुम्दा एमबीले कुन देशको पासपोर्ट प्रयोग गरे ? जबकि उनले नागरिकता ०६२÷०६३ पछि मात्रै लिएका थिए । २०५२ सालमा काठमाडौंको बानेश्वरमा ड्रेससहित भारतीय सेना प्रवेश ग¥यो । यसको खुलासा भएपछि देशभर त्यसको विरोध भयो । ती भारतीय सेनाको गाडीका ड्राइभर रामदेव पाण्डे मोहनविक्रम सिंह र मसालकै कार्यकर्ता हुन् । शायद नेकपा मसालको मुखपत्र युगदर्शनको कानुनी सल्लाहकार पनि उनै हुन् कि ? जतिसुकै भ्रम दिए पनि सत्य सत्य नै हुन्छ । नारायणहिटी हत्याकाण्ड, सेना माओवादी पुस्तकले कम्युनिष्ट क्रान्तिकारी आवरणका पात्रहरूको मुकुण्डो उतार्ने कोसिस गरेको छ । त्यो भावी पुस्तालाई खोज र अनुसन्धानका लागि प्रस्तुत गरिएको मात्र हो । यो भन्दा अगाडिको चर्चित पुस्तक बाइबल र माओवाद पनि माओवादी हिंसाको चर्च कनेक्सनको पर्दाफास हो । यसको अर्थ कम्युनिष्ट आन्दोलन र परिवर्तनप्रति जीवन बलिदान गरेका इमान्दार कार्यकर्ताप्रतिको कुनै पूर्वाग्रह होइन । यसकारण म लेखक भन्दा पनि प्रस्तोता हुँ ।
इतिहासका पाटाहरू आजसम्म आइपुग्दा धेरै कुराहरू खुलासा भइसकेका छन् । यसकारण शब्दजाल बुनेर धेरै तर्क वितर्कको आवश्यकता पनि छैन । जहाँसम्म इन्दिरा गान्धी र रअको रणनीतिमा भएको पूर्वी पाकिस्तान (बंगलादेश) विभाजन ठिक भन्ने आशयका साथ स्वयं लेखकले पुस्तकका अंशहरूको खण्डन गर्दागर्दै सत्यकुरालाई स्वीकार्नुभएको छ । रअका पूर्व निर्देशक आरके यादवले मिसन रअ पुस्तकै लेखेका छन् र त्यसमा भनिएको छ, बंगलादेश निर्माणपछि नेपालको तराई टुक्य्राउने भारतको योजना थियो । सङ्कटकाल लागेका कारण इन्दिरागान्धीको त्यो सपना पूरा हुन पाएन । इन्दिरा गान्धीको त्यो सपना पूरा गर्ने अभियानमा मोहनविक्रम र पुष्पलालहरू लागिरहेका थिए भन्ने कुरा स्वयं लेखक मनोज भट्टले नै स्वीकार गर्नुभएको छ ।
स्वयं पुस्तकमा नै दस्तावेजीकरण भइसकेको हुनाले मित्र मनोज जीको लेखको धेरै टिप्पणी गर्न आवश्यक रहेन । पुस्तकका तथ्यहरू उदृत इतिहासका तथ्य हुन् भने व्याख्या विश्लेषण घटनाक्रमले प्रमाणित गरिसकेका विषय हुन् । ढिलै भए पनि बहसको प्रारम्भ गर्नुभएकोमा भट्टजीलाई धन्यवाद दिन चाहन्छु । मोहनविक्रम जी र नेकपा मसालको मात्रै होइन प्रायोजित माओवादी हिंसा त्यसका पछाडि प्रज्वल समशेर जबराको नेतृत्वमा रहेको शैन्य हेर्डक्वार्टरको संलग्नता, रअ र सिआइएको मसाल, माओवाद र रिम कनेक्सन इसाईकरणमा कथित नेपाली कम्युनिष्ट, काँग्रेस, राप्रपा र जातिवादी एनजीओको भूमिकाका विषयमा पनि बहस हुँदै जाओस् । लेखक भट्टलाई साधुबाद छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल