Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट पार्टी नै साँस्कृतिक अतिक्रमणमा लाग्यो

काठमाडौं । धर्म, संस्कृतिका पक्षधरहरूले माओवादी नेतृत्वको बेला पशुपतिनाथका मुल भट्टको जनै चुडाल्न जाने वाइसिएल नेपाली राजनीतिमा सत्ता संरक्षित अपराधीहरूको झुण्ड हो, यसको सत्यनास हुन्छ भनेका थिए । नभन्दै तत्कालिन माओवादी नेतृत्वको अहंकार र धम्कीका अगाडि पशुपति काण्ड चम्काइयो प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिएको एमालेको ढुलमुले नेतृत्वले सेनापति काण्ड लगाएर पुष्पकमल दाहाललाई सत्ताबाट खेदेरै छाड्यो । त्यो बेला नेकपा एमाले भारत र दरबारकै वरिपरि थियो । आज नेकपाको अर्धरुप बन्दासम्म तत्कालिन एमाले नेतृत्वको चाल त्यस्तै छ । माधव नेपाल, ईश्वर पोखरेलको विगत र आगत हेरे हुन्छ । पैसा पाएपछि युनिभर्सल पिस फेडेरेशनले नेपालको हिन्दू संस्कृति, सभ्यतामाथि गरेको प्रहारमा भारतीय विस्तारवादका नेपाली दलाल प्रधानमन्त्री केपी ओलीनै साथ दिइरहेका छन् । त्यसको प्रमाण हो गुठी जमिन भूमाफियालाई दिलाउँदै निजी सम्पत्ति बनाउने गरी आएको विधेयक ।
व्यक्ति मन नपर्न सक्छ, शाहीकालको दौडाहा टोलीका लुटाहा भरतमणि जंगम, संस्कृतिविद् गोविन्द टण्डन, मंका खलका महासचिव नरेश शाक्यले सरकारको तर्फबाट वैशाख १६ गते संसदमा दर्ता गरेको गुठी संस्थान खारेजीसम्बन्धी ऐन र गुठीलाई प्राधिकरण बनाउने सम्बन्धी विधेयकको विरोध गरेका छन् । यो लडाइँले कम्युनिष्टहरूलाई धर्म संस्कृतिको संरक्षक मान्न नसक्ने बनाएको छ । प्रचण्डको शासनकालमा पशुपतिनाथमाथि प्रहार गर्दा त्यो पार्टीलाई धरासायी बनाउने तत्कालिन एमाले र नेपाली काँग्रेस अहिले छिन्नभिन्न भएका छन् । प्रचण्डका सारथीहरू अलग धारमा नेताका रुपमा छुट्टै अस्तित्वमा खडा भएका छन् । जसको जनमत शून्य छ आतंक भने खडा गर्न सक्नेछन् । नेपालमा धर्म संस्कृति जोगाउन देवी देवताका नाममा ७ लाख ५६ हजार विघा जमिनको संरक्षकका रुपमा दुई हजार ६ सय गुठी रहेका छन् । ती गुठीमा पुजारी, सन्त, महन्तहरू रहेका छन् । जनकपुरका गुठी महन्तले सयौं बिगा जमिन आफ्नो स्वार्थमा प्रयोग गर्दा गुठी संस्थान लाचार भयो । अर्थात् गुठीका प्रशासक नारायण चौधरी भन्दा महन्त पावरदार भए । बौद्ध घ्याङ गुठीमा पञ्चेन लामाको लुट, पशुपतिमा मुल भट्टको लुटमा सरकार साक्षी बस्यो । मन्त्रीले पैसा असुलेकै छन् । अव सरकारले कम्युनिष्ट आचरण देखाउँदैछ । नेकपाले आफ्नै कार्यकर्ताको जनै चुडाल्ने, हिन्दू गायत्री मन्त्रको स्थानमा होली वाइन प्रार्थना गाउने ग¥यो भने पनि नौलो हुने छैन । किनकि सरकार कथित दुई तिहाईको छ । यो सरकारको दुई तिहाईको दम्बको उपेन्द्र यादवले धोती खुस्काउँदैछन् । त्यो बेला गुठीको जमिन गाँजा, चरेश, स्म्याक्स भन्दा बहुमूल्य बनाएर लुट्ने अभियानमा लागेका एमालेहरूको हैसियत देखिन्छ । अब नेकपाले सार्वजनिक गुठी देवीदेवताका मठ मन्दिरको सम्पत्ति खोस्दैछ । त्यही कारण संविधान विपरित सरकार गएको हो । नालायक र अज्ञानी भूमिसुधारमन्त्री पठाइनुको कारण त्यही हो । पदमा अर्याललाई मन्त्रालय फुटाएर मन्त्री पद सुम्पन होली वाइनका प्यादा खड्ग ओलीले किन खोजे ? जसले ईश्वर पोखरेल जस्ता भडुवालाई लुटेर खाने माफियाको सेवा गर्ने, रातोपासपोर्ट बेच्नेको संरक्षण गरेको छ । एमालेको गोप्य दस्तावेज भारतीय दूतावासमा बुझाएर गाँजामा लठ्ठिएका छोरालाई देहरादून पढाउन सफल पोखरेलले जबजको आवश्यकता छ भन्नुको कारण यही हो । संविधानको धारा २३, २९० र अनुसूचि ५ विपरित यस्तो अपराध भएको छ । पैसाको नसामा लागेको नेतृत्वले गाँजा र चरेशकोभन्दा ठूलो धन्दा त्यहाँ सफल हुने देख्यो । त्यही कारण १४ वर्ष अगाडि भूमाफियाकै सक्रियतामा सर्वोच्चमा मुद्दा प¥यो । सर्वोच्चले गुठीको जमिन रैकरमा ल्याउन सहयोग ग¥यो । रैकर ऐन निक्रिय बनाइदियो । त्यही निरन्तरतामा वर्तमान सरकारले धार्मिक, साँस्कृतिक धराहर सिध्याउन न्वारनको बल लगाउँदैछ । अब देशले धर्म युद्ध खोजेको छ । होली वाइनका प्यादाहरूको अवस्था त्यसपछि देखिन्छ । आइतबारदेखिनै सो विधेयकका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन हुन थालिसकेको छ ।