Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी अभियोगमा पक्राउ

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका(७ बस्ने मोरङ बिराटनगर घर भएका २८ वर्षीय राकेश कुमार कानोडियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलको कोठामा ल्याई बालिकाले प्रयोग गरेको मोबाइल नियन्त्रणमा लिई अविभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई बिगत ८ दिनदेखि जबरजस्ती करणी समेत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।