Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी गरेको अभियोगमा राई पक्राउ

काठमाडौं । सुनसरी, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काभ्रे, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका-१ ज्यामिरेबोट बस्ने २१ वर्षीय बिक्रम तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय तर्बु शेर्पालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिद्धपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल