Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करोडमा होइन अर्वमा पुग्यो, भ्रष्टाचारको ग्राफ

काठमाण्डौ । मुलुक बनाउने राजनीति कमिशन र विचौलियाको मार्ग स्थायी गराएको फल काँग्रेस र एमालेको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरण छानविन नहुने संकेत हो । भ्रष्टाचार जहाँ सुकै छ । अख्तीयार, अदालत, नागरिक समाज, प्रशासन, प्रहरी, कानून व्यवसायी जहाँ सुकै भ्रष्टाचार छ । राजनीतिक नेतृत्वको लुटको छानविन हुँदैन् । अदालतले मात्र थेक्छ कसरी ? त्यहाँ नियुक्ति लिएर गएका तीनै दलका कार्यकर्ता न्यायधिस छन् । अदालतले गरिवको पक्ष लिदैनन् । साहुकर र मुखियाको पक्षमा हुन्छ । अदालत भ्रष्टले सफाई पाउने हत्यारा छुटाउने बैधानिक संस्था बन्दैछ ।
सामान्य नागरिकले काम पाउँदैन् । योग्यता र क्षमताको अर्थ छैन् । देशमा लोकतन्त्र यीनैको लागि आएको हो । जनता र राष्ट्रको हालत कस्तो छ बुढानिलकण्ठ, बालकोटले चासो दिदैन । यीनको ध्यान आफ्नाको अपराध बचाउन काण्ड दबाउने हो । गणतन्त्र भनेकै त्यही हो । संस्थागत परम्परागत राजा त हटाईयो । यीनै राजा बनेर हुकुमी तामेली गर्दैछन् । पार्टीका योजना यीनका छैनन् । मौखिक आदेशमा जो चल्दैन त्यसको भ्यालु हुँदैन । त्यही कारण भाउजु सिद्धान्त नपचेर डा. स्वर्णिम वाग्ले रास्वपा बन्छन डा. भिम रावल अलपत्र पर्छन तर केपीका अगाठि बिद्रोह गर्न सक्दैनन् । प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकालमा आँफूले सम्वृद्धि र विकासको चिन्ता गर्छन भन्ने छैन । तर तीनका सल्लाहकार सहयोगीलाई कमाउनु छ । भ्रष्टाचार निर्मूल हुदैन । पद पाउँदा र घिच्ने वेलामा त्यही प्रचण्डको साथ लिने युवराज पाण्डेहरुले कतै न कतै मौका खोज्छन र समाजवादी मोर्चाको अवधारणा विरुद्ध ऐलान गरेका छन् । माओवादीमा दश वर्षे जनयूद्धको धङधङी छ । एमालेमा ०५२ सालको ९ महिने सरकारको व्याज खाने प्रतिस्पर्धा छ । तर काँग्रेसले पूरानै दाउ त्यागेको छैन् । डा. आरजु र मन्जुहरुको लुटले त्यही भन्छन् । राज्यका कुनै पनि ठाँउ स्वच्छ छैन् । जहाँ भ्रष्टाचार विना काम हुने गरेको होस । देश ऋण २१ खर्व ७३ करोड पुगिसक्यो लुटको पारो घटेकै छैन् ।
जनताले आश गर्ने अख्तीयार र अदालत नै हो । तर त्यहाँ पुगेका आयुक्त र न्यायधिसले पनि नेतालाई चढाएर गएकै छन् । आफैले चढाएर जानेले निस्पक्ष न्याय दिन्छन भन्ने विस्ववस छैन । मुल चरित्र नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मस्ती लुटी रहेका छन् । लाज नभएको नेता र नीति नभएको पार्टीले जनताको काम गर्न सक्दैन् । राज्य श्रोतमा माननीयको लुट छ भन्ने कुरा वाख्रेकाजी गगन थापाले एशीयाली विकास वैकको अनुदानमा संचालित कृषि व्यापार आयोजनाको लुट हो उनी सहभागी भएकोमा आत्मग्लानी गर्न थालेका छन् । नेताहरु कति निर्लज्ज रहेछन भन्ने कुरा माओवादीका जर्नादन शर्मा को सिसीटीभी फुटेजमा राजस्वका दर घटाउन प्रयोग भएका राजस्वका भूपू नासू कर्मचारीको प्रवेश डा. आरजुको सेनीटरी व्याडमा लगाईएको कर प्रकृया नै काफी छ । कतै पनि सन्तोष छैन् । कर्मचारी अराजक छन् । नेताले तीनकै संरक्षण गर्छन । व्यवस्थाको बदनाम तीनले गर्छन जो ठूला पार्टीका ठूला नै छन् ।
देशमा बस्न चाहने युवा छैन । दक्ष जनशक्ति विदेशमा पलायत भएको छ । जहाँ जाउ युवाको भिड छ । हरेक दिन एयरपोर्टवाट विदेश जाने युवाको लस्कर छ । आफ्नालाई नै शोषण गर्ने नेतालाई देशको अवस्था जनशक्तिको पलायन प्रति चासो छैन । जसले काम गर्छ त्यसको बदनाम गर्न बनावटी गिरोह सकृय छ । आयोजना कहाँ जरुरी छ चासो छैन् । पैसा पाएपछि जे पनि हुने आवश्यकता र औचित्य ख्याल नगर्ने चलन बसेको छ । पार्टी जो सुकै होस त्यसको ध्यान लाखमा होइन करोड र अर्वमा छ ।
लोक सेवा भन्ने संस्था छ त्यसको कानून लत्याईन्छ । न्याय परिषद छ त्यसले जो बदनाम र भ्रष्ट छ उसैलाई न्यायधिसमा सिफारिस गर्छ । अपराधीमाथीको अनुसन्धान फितलो बनाउन हस्तक्षप गर्ने पनि राजनीति हो । नेपाली राजनीति काँग्रेसी सम्पत्ति हरि आचार्य र योगेन्द्र रावलले जसरी त्रि.वि.वि जस्तो देशको उच्च शिक्षा ग्रहण गर्ने थलोमा दादागिरी देखाए अनेत्र त्यस्तै छ । डनवादको संरक्षक केपी ओली शेरवहादुर देउवा हुन् । जो ०४८ सालबाट निरन्तर संसदीय लुटमा सहभागी छन् । केपीलाई राज्यले झण्डै १८ करोड खर्चेर वचायो । तर केपी कम्युनिष्टको नाममा ४१ महिना शासक भए । उनी जनताको सेबक थिएनन् । तीनले देशलाई कता लगे । तीनको पालामा ओम्नी, हुकाम, बतास, थामसेर्कूृ, वाइडवडी, धर्मशाला, नेपाल ट्रष्ट, सगरमाथा राष्ट्रिय निकुन्ज काण्ड चम्काए । यी प्रतेक नामसँग आर्थिक लेनदेन जोडिएको छ । तर यीनलाई लाज छैन् । समाज प्रतिको दायित्व पनि छैन् । कृषिको अनुदान सधै दुरुपयोग भएको छ । मन्त्री छन मन्त्रालय छ विचौलियाको स्वार्थमा हिडछन् । भारतीय तरकारीले बजार पाउने नेपाली उत्पादनले बजार नपाउने यही हो सम्वृद्धि ? आफ्नो देशका किसान सधै ऋणमा छन सरकारको ऋण वढेको छ । सरकारको खाद्य व्यापार कम्पनी स्वदेशका किसानको पक्षमा छैन् । देशको धान भारत जान्छ । भारतले सडेगलेको सामान पठाउँछ । हाम्रा शासकहरु व्यापार संझौतामा गौरव गर्छन् । जनताको दैनिकी माथी प्रहार गर्न पछि पर्दैनन् । जहाँ सुकै विकृति र विसंगति छ सन्तुष्ट हुने ठाउँ छैन् त्यही कारण युवा पाखुरी पलायन भएको हो ।


सम्बन्धित समाचार