Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करोडौंका बलिउड स्टारहरु

बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक हिट फिल्म बनाउनका लागि चर्चित छन् भने यी कलाकार कम पारिश्रमिकमा नै काम गर्छन्, ताकि फिल्म सफल भएपछि आफ्नो मूल्य बढाउन सकियोस् । कहिलेकाँही त उनीहरु बजार भाउभन्दा पनि बढी पारिश्रमिक लिने गर्छन् । यहाँ यस्ता केही कलाकार छन्, जसको पारिश्रमिक बारे यहाँ चर्चा गरिएको छ ।

रणबीर सिंहः

बाजीराव मस्तानी अघि रणवीर सिंहले तीनदेखि पाँच करोड भारु पारिश्रमिक पाउँथे । तर बाजीराव मस्तानी, पद्मावत र सिम्बाको सफलतापछि रणबीर सिंह १५ देखि १८ करोड भारु पारिश्रमिक लिन्छन् ।

वरुण धवनः

वरुण धवनको अहिलेसम्म कुनै पनि फिल्मले क्षती व्यवहोर्नुपरेको छैन । उनी पाँचदेखि सात करोड भारु लिन्थे तर अब उनको पारिश्रमिक बढेर १५ देखि १८ करोड पुगिसकेको छ ।

रणबीर कपुरः

रणबीर कपुरको फिल्म फ्लप भइरहे पनि उनी भने फ्लप भएका छैनन् । उनको माग अहिले पनि राम्रै छ । सञ्जू फिल्म अघि रणबीर प्रति फिल्मको २० देखि २५ करोड भारु लिने गर्दथे तर अब उनको पारिश्रमिक ३० करोड माथि पुगिसकेको छ ।

अमिताभ बच्चनः

उनको उमेर ७५ नजिक पुग्न लागिसक्यो तर उनी थुप्रै युवा कलाकारभन्दा पनि बढी पारिश्रमिक लिन्छन् । भूमिकाको लम्बाई हेरेर उनको पारिश्रमिक निर्भर ह
न्छ । उनी प्रति फिल्म गरेको बदलामा १२ देखि १५ करोड भारु लिन्छन् ।

ऋतिक रोशनः

कम फिल्ममा अभिनय गर्ने ऋतिक रोशनको पारिश्रमिक ३० देखि ४० करोड भारुबीच रहन्छ । कतिपटक त उनी योभन्दा पनि बढी रकम लिन्छन् ।

अजय देवगनः

अजय देवगन फिल्मको बजेट हेरेर आफ्नो पारिश्रमिक घटबढ गर्छन् । उनको पारिश्रमिक ३० देखि ४० करोड भारु बीच रहन्छ ।

अक्षय कुमारः

पारिश्रमिकको मामिलामा अक्षय कुमार सबैभन्दा अघि छन् । उनी ४० देखि ५० करोड भारुसम्म लिने गर्छन् । कहिलेकाँही नाफाको हिस्सा पनि लिन्छन् जस्तै जोली एलएलबी टु मा उनले पारिश्रमिकको साटो नाफा लिने निश्चित गरे र ५५ करोडभन्दा बढी कमाई गरे । एयरलिफ्टमा काम गरेबापत् उनले निकै कम पारिश्रमिक लिएका थिए ।

आमिर खानः

आमिर खान ५० देखि ६० करोडसम्म पारिश्रमिक लिन सक्छन् तर उनी फिल्मको नाफा बाँड्न रुचाउँछन् । उनी ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘दंगल’ जस्तो फिल्मबाट उनले १५० करोड भारुभन्दा बढी कमाए । आमिरलाई थाहा हुन्छ कि उनको फिल्म हिट हुन्छ त्यसैले उनी पारिश्रमिकको साटो पार्टनरशीप गर्छन् ।

शाहरुख खानः

शाहरुख खानको पारिश्रमिक कम, बढी भइरहन्छ । करण जोहर र आदित्य चोपडाको फिल्म गर्नेबेला उनी पारिश्रमिक सोध्दैनन् । जति दिन्छन्, त्यतिमै चित्त बुझाउँछन् । हुन त उनी ४० देखि ४५ करोड भारुसम्म लिन्छन् । उनी पनि आमिरको अनुसरण गर्छन् र लाभको हिस्सा बाँड्छन् । आफ्नो फिल्मको मार्केटिङमार्फत् उनी करोडौं रुपैयाँ कमाउँछन् । थुप्रै फिल्ममा उनले सय करोडभन्दा बढी कमाई गरेका छन् ।

सलमान खानः

सलमान खान फिल्मको कमाईको हिस्सा लिन्छन् । उनको फिल्मको कमाईमा ७० देखि ८५ प्रतिशतसम्म भागिदारी हुन्छ । सुल्तानमा उनले सय करोडभन्दा बढी कमाए । रेस थ्री बक्स अफिसमा कमजोर भएपनि सलमानले १०० करोडभन्दा बढी कमाए । उनले चाहेको खण्डमा उनले पारिश्रमिकको रुपमा ६० करोड वा सोभन्दा बढी पाउन सक्छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल