Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कलाकार कल्पना मुडभरीले यसरी बनाइन् हत्याको योजना (गंगबु हत्याकाण्ड)

काठमाडौं । राजधानीको टोखा नगरपालिका १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार समेत रहेको खुलेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको छ। हत्यापछि चितवन पुगेकी कल्पनालाई प्रहरीले सोमबार राति नै राजधानी ल्याएको थियो । कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।
प्रहरीले घटनापछि शव व्यवस्थापनमा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

बोहरालाई कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ । बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।