Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कलाकार गोक्ते काजीको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार रामचन्द्र अधिकारीलाई शनिबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। दुई सातादेखि अस्पतालमा उपचाररत उनलाई शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएकोे नेपाल चलचित्र कलाकार संघले जनाएको छ। निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन्। उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघले खेद जनाएको छ। कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको हो।