Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन

कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । चेत बहादुर नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव समेत थिए । सिंहको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेको वुझिएको छ । उनी पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । उपचारका लागि टिचिङमा भर्ना भएका उनको आज निधन भएको हो । उनको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ । चेत बहादुरले फिल्म निर्माणसँगै दुई दर्जन बढी फिल्ममा काम समेत गरेका छन् ।


सम्बन्धित समाचार