Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। उनको उपचारमा डा यादवदेव भट्टको टोली खटिएको छ। पारसलाई आइतबार अपरान्ह साढे चार बजे तिर छातीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक लगिएको थियो। अस्पतालमा आवश्यक परीक्षणपछि तत्कालै क्याथल्याबमा लगेर कोरोनरी एन्जियोग्राम गरिएको थियो। एन्जियोग्राममा उनको मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो। धमनी बन्द भएको पत्ता लगोपछि लगत्तै उनको बन्द भएको धमनी खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। हृदयाघात भएपछि हिजो आइतबार नै स्टेन्ट हालिएको हो। अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ, ती चिकित्सकले भने। पूर्वयुवराज पारसलाई हृदयघात भएको यो चौथो पटक हो। चारैपटक उनको मुटुमा स्टेन्ट हालिएको छ।
२०८१ फाल्गुन २०
ताजा नेपाल
२०८१ फाल्गुन २०
ताजा नेपाल
२०८१ फाल्गुन २०
ताजा नेपाल