Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ हराए मेयर’साप तपाईंका बाचा

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध गरायो कि जनताको स्वास्थ्य शिक्षामा ध्यान दियो ? महानगरका मेयर विद्यासुन्दर शाक्य आफू पनि सञ्चार सूचनाबाट टाढा छन् । उपमेयर हरिप्रभा खड्की त काँग्रेस भइहालिन् । मेयरले आफैंले बोलेका र घोषणा गरेका कति काम गरे जसका कारण महानगरवासीले सन्तोष लिने ठाउँ होस् ।

फट्याईले भोलि नोक्सान पु¥याउँछ । उता, रेल विभागले मंसिरसम्म जयनगर बर्दिवाससम्म रेल चलाउने तयारी गर्दैछ । महागनरले यतायात क्षेत्रको भद्रगोल हटाएको छैन । काम गर्न नसक्नेलाई अधिकारको भारी बोकाएर फाइदा हुँदैन जसरी प्रधामन्त्री केपी ओलीले असक्षम मन्त्रीहरूलाई बर्खास्त नगरी उल्टै गृहकार्य दिलाएका छन् । मन्त्रीहरूलाई आफूप्रति अनुग्रहित बनाउन रातो, पहेंलो, नीलो, हरियो चिन्ह कामको प्रकृतिअनुसार दिलाएको मन्त्रीपरिषद् सचिवालयको तर्फबाट प्रचार गरियो । त्यहाँ प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्राविधिक विज्ञ घनश्याम भट्टराई (मेलम्चीमा लुटेर इटालियन ठेकेदार भगाउने) सञ्चार सल्लाहकार असगर अलिको लुट जोडिएको छ ।

यही बेला यातायात व्यवसायीहरू सरकारलाई झस्काउन खोज्दैछन् । काममा असक्षम दाम कमाउन सफल प्रमसँग पहुँच नहुने मन्त्रीका लागि यो गिरोहको चिन्हले आतंकित बनाएकै हो । काठमाडौं बासीको कम्युनिष्ट पार्टीप्रतिको मोह मेयर विद्यासुन्दर शाक्यले ध्वस्त बनाएकोमा आक्रोशित बन्न पुग्नु सामान्य हो । जनप्रतिनिधि आएको दुई वर्षसम्म दैनिक संकलित फोहोरको उचितप्रबन्ध गर्न नसक्ने असक्षम, अयोग्य चरित्रका विद्या सुन्दरबाट विश्व बजारमा असफल सावित भएको मेट्रोरेल आउँछ भन्ने विश्वास गर्ने कसरी ? अहिले एउटा ठूलो बसले ३५ जनादेखि ५४ जना बोक्ने क्षमता राख्छन् ।

राजधानीको ट्राफिक जाम नियन्त्रण र यात्रुहरूको सहयोगका लागि राहत पु¥याउन अरु देशमा असफल मेट्रोरेलको एजेण्डा महानगरले बोक्दैछ । सामान्यतया ५४ सिटको ठूला दुई बस जोडेर चलाए जस्तो मेट्रो रेलले महागनरको समस्या हट्न नसक्ने रेल विभाग सूत्र बताउँछ । बरु साना माइक्रो र मिनी बसको ठाउँमा आएको साझा यातायात, महानगर, जुनेली, मेट्रोसिटी, दिगो विकास जस्ता यातायात सेवाहरूलाई प्रोत्साहन गर्ने हो भने यातायातको समस्यामा सहयोग पुग्छ । मेयरलाई कुन कमिशन एजेन्टले कान फुक्यो मेट्रोरेलको ? कहाँ चल्छ त्यो भोटाहिटी र असनतिर ? साँघुरो सडक घनावस्तीका कारण चक्रपथको २७ किमी बाहेक सहिदगेट, बुढानिलकण्ठ, रत्नपार्क, लगनखेल, कलंकी, बालाजु जस्ता वस्तीमा जाने सडकको विस्तारले रेलयात्राको सम्भाव्यता दर्शाउँछ । एउटै रेलको उल्लेखित स्थानहरूको आउजाउ गर्ने व्यवस्था हुन सक्छ भने त्यो पत्याउने आधार बन्छ ।

तर विद्या सुन्दरको मनोरेलमा नत आकर्षण छ नत सहजता मेयर साप, रेल त रमाइलो मेलामा पनि चलेको छ । कतै नगरपिताको मनोरेल मनभित्रै राखेर विद्युतीय चार्जिङ स्टेशन र चार्जिङ क्षेत्र विनाको विद्युतीय बसको कल्पनासँग जोडिएको त छैन ? यो प्रश्न रेल विभागका महानिर्देशक बलराम मिश्रतिर सोध्ने हो भने खिस्सी गरे जस्तो हुनेछ । जनप्रतिनिधि नै ठेकेदार, डोजर मालिक र सब कन्ट्रयाक्टर भएको देशमा जसको जे क्षमता छ त्यसको कार्यक्षेत्र त्यही भए पो पत्याउने ठाउँ हुन्छ । वडाध्यक्ष र खुद्रा पसलका नेताको हैसियतका विद्या सुन्दरलाई नेकपा एमालेले तत्कालिन केपी ओली गुटकै भएकाले मेयरको टिकट दिलायो ।

जुन ठाउँ र पदका दाबेदार केशव स्थापित नै अब्बल थिए । उनलाई प्रदेश सांसद बनाइयो । चुनाव जितेर आफैंले घोषणा गरेका १०१ कार्यक्रम विद्याले एउटा पनि पूरा गरेनन् । त्यस्ता मेयरलाई कुन दलाल कम्पनीले काठमाडौं उपत्यकाभित्र मनोरेल चल्छ भन्ने सुझाव दियो ? यो मनोरेल चलाएर असफल भएर थन्क्याएका देशहरू चीन, हङकङ, सिंगापुरमा भ्रमण गरेर उनीहरूले कस्तो शिक्षा लिए, लिएछन् अब पत्याइसाध्ये भएन । तर छिमेकी भारतमा मेट्रो भरपर्दो साधन बनेको छ । प्रधानमन्त्री ओलीको नेपालले आफ्नै रेल सञ्चालन गर्ने रहर छिमेकी देशहरूको सहायतामा रेल विभागमा आएको सक्रियताले सफल हुँदैछ । नारायणीमा स्टिमर अर्थात् (क्रुज) सानो पानी जहाज चल्दैछ । कोशीमा स्टिमर चलेको छ । भारतीय बन्दरगाहबाट नेपालमा ठूला पानीजहाज आउने सम्भावना छैन । किनकि भारतीय स्वार्थमा ठूला बाँध बनाइएको छ ।

कोशी, गण्डकी, महाकाली नदी छेकेर भारतले नेपालको जमिन डुबाएर आफ्नो देशमा सिचाई गरेको बाँधबाट पानी जहाज कसरी उफ्रिन्छ ? सरकार भारतसँग भएका सम्झौताअनुसार निर्णयको कार्यान्वयनमा असफल छ । ओलीको पानी जहाजको सपना हालै नारायणीमा सञ्चालित क्रुज हो । रेलको सपना भारतीय सहयोगमा निर्माण भइरहेको पूर्वी तराईको लिग निर्माण कार्य र रेल विभागले गरेको माउ (मेशिन) खरिद गर्न अपनाएको प्रक्रिया हो ।

नेपालमा भारतीय सीमाबाट चोभारको सुख्खा बन्दरगाहसम्म रेलको सम्पर्क गराउने तयारी रेल विभागकै छ भने केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी जोड्ने बृहत्तर गुरु योजनाको डिपीआर चिनिया पक्षले तयार गर्ने भनिँदैछ । उपत्यकाको घनावस्ती र अव्यवस्थित शहरमा महानगर पिताको मनोरेल कमिशन खाने जनता ढाँट्ने बाटो हो । विद्या सुन्दरको हैसियत २ वर्षमा नगरवासीले देखिसके । उनका कुरा पत्याउनु प्रम ओलीले राष्ट्रघाती महाकाली सन्धिपछि नेपालले १२ खर्ब, २१ अर्ब भारतीय सरकारबाट नेपालले पाउँछ भने जस्तै हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल