Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले अब पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौंमा १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलमा सहभागी नेताहरूले पार्टीसम्बन्धी विवादमा अदालतले निर्णय गरिसकेको सन्दर्भमा अब आन्तरिक एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।
कांग्रेस नेता कुन्दनराज काफ्लेका अनुसार, पार्टीलाई एकताबद्ध बनाउन वर्तमान अवस्थामा सानेपा ९सभापति गगन थापाको नेतृत्व० ले सबै पक्षलाई समेट्दै नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने उनीहरूको निष्कर्ष छ।
विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरूको छलफलले निरन्तर संवादमार्फत पार्टीको भावी दिशा तय गर्ने र आवश्यक निर्णयहरू लिने जनाएको छ।
बैठकमा पार्टीको विगतको समीक्षा, निर्वाचनमा भएको हारका कारणहरू लगायतका विषयमा समेत विस्तृत छलफल गरिएको काफ्लेले जानकारी दिएका छन्।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल