Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी सुधार्नु भन्दा गुट बनाएर स्वार्थ पूरा गर्दै आएको देउवा टोली विशेष महाधिवेशनबाट नेतृत्व खोसिएपछि आक्रोशित भएको छ । भ्रष्टाचारकी नायिकालाई कुलायन मानेर काँग्रेसको आगामी योजना सफल पार्ने गरी कार्यवाहक सभापति बनेका पूर्णबहादुर खड्काको क्षमता देखियो । डिकुरे मुसाझैं भित्रभित्रै आफूसँग प्रतिवाद गर्ने माथि पहार गर्ने कृष्ण सिटौलाको क्षमता पनि देखियो । मन्त्रीबन्दा रु ५ हजार पनि घुस लिन नछाड्ने उमाकान्त चौधरी र बागमती प्रदेशका अर्थमन्त्री बन्दा विकास बजेटमा पनि पार्टीकै सांसदहरूसँग घुस माग्ने कुन्दनराज काफ्लेका रक्षक सिटौलासँग सभपाति गगन थापाको लेनदेन के मिलेन र आक्रमण गरे सबै छर्लङ्गै छ ।
सिटौला १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार थिए । गगन उनकै टिमका महामन्त्री । तर सिटौलाको काम गराई कार्यकर्ताको भावना बुझेर निर्णय गर्ने क्षमताको थिएनन् र छैन । उनलाई झापाली जनताले साथ दिए, प्रदीप र गगन जस्ता युवाले बोकेको अर्थ भएन । पार्टीको महामन्त्री मनोनित गर्ने सुशील कोइरालाले प्रकाशमानसिंहबाट काम नचल्ने भएपछि सिटौलालाई मनोनित गरे जस्तै शेरबहादुर देउवाले डा. शशांक कोइरालाबाट काम नहुने भएपछि नै पूर्णबहादुर खड्कालाई महामन्त्री बनाएका हुन् । चुनाव जितेर महामन्त्रीको कार्यभार पूरा गर्न नसक्नेहरूकै कारण सिटौला र खड्का जस्ता झिगौरीहरू काँग्रेसमा भुनभुनाएको सबैलाई थाहा छ । यिनकै असक्षमताले युवाहरू टिकेनन् । उनीहरू एक्लिए । उपाय नलागेर डाहमा रमाए ।
उनीहरू आज विशेष महाधिवेशनले नेतृत्व खोसेपछि नैतिकताको पाठ अरुलाई सिकाएर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनामाथि प्रहार गर्न तम्सेका छन् । निर्वाचनमा जनताका बीचमा प्रतिस्पर्धा गर्न नसक्ने तरुण दलको अध्यक्ष पद टिका लगाएर पाएपछि संस्थागत क्रियाशीलता देखाउन नसक्ने जीतजंग बस्नेतलाई बोल्न लगाएर पार्टी नेतृत्वलाई तिनैले असहयोग गरेका छन् । यिनले पार्टी भन्दा व्यक्तिगत स्वार्थ हेरेका कारण चुनावमा कतै नदेखिएका हुन् । अरुको कमजोरी कोट्याउँदा आफ्नो अनुहार ऐनामा नहेर्ने यो समूहमा नेताका रुपमा अहिले स्थान पाए पनि १५औं महाधिवेशनमा आफ्नै घरगाउँबाट प्रतिनिधि बन्न सक्ने अवस्था छैन । त्यही कारण सिटौला, खड्का, प्रकाशमान जस्ता झिगौरीहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बोल्न जीतजंग जस्ता नालायक युवालाई अगाडि सारेका हुन् ।
काँग्रेसमा यस्ता झिगौरी धेरै छन् । डा. रामवरण यादव, रामचन्द्र पौडेल, विजय गच्छदार, बलबहादुर केसी यही समूहका हुन् । आफू जनताका बीचमा जाने आँट नहुँदा केसीले श्रीमतीलाई सांसद बनाए । गच्छदार जिल्लामै थन्के पनि आफ्नैलाई समानुपातिक सांसद बनाएकै छन् । समानुपातिक सांसदको नाम छनोट गरेर बुझाउने यिनै देउवा, खड्का, सिटौला थिए । यिनको दलाली गर्नेहरूले कति टिकट पाए कति पराजित भए ? यसपटक छर्लङ्गै भएको छ । डा. रामवरण यादवले छोरालाई सांसद बनाए । रामचन्द्र पौडेलले छोरीलाई माननीय बनाउन दुई पटक प्रयास गरे सफल भएनन् ।
राज्य दोहन गर्न पार्टीको नाउ भजाएर रमिता देखाउनेहरूबाट काँग्रेस चल्दैन । यस पटक गगन थापा र विश्वप्रकाश शर्माले ठूलो गल्ती गरेको उमाकान्त चौधरी, प्रकाशमान सिंह, बलबहादुर केसी जस्ता झिगौरीहरूलाई टिकट दिलाएर जनमत जफत गर्न दिनु पथ्र्यो । किनकि जो चुनाव लडे तिनीहरू धेरैको जमानत जफत भएको छ । काँग्रेस यही पारामा चल्छ ? १५औं महाधिवेशका लागि यस्ता झिगौरी प्रतिनिधि बनेर आउन सक्लान् भन्ने विश्वास गरिँदैन । देउवाकै नेतृत्वमा काँग्रेस चुनावमा जान सक्ने अवस्था थिएन । विशेष महाधिवेशनको सहभागिता र उत्साहले काँग्रेसको अस्तित्व जोगाएको हो । मुलुकमा राजश्व मार्ने पूर्व राजपरिवारको सम्पत्तिले विश्वका धनाढ्य भएका विनोद चौधरी पराजित को सँग भए ? देउवा गुटमा लागेर लुम्बिनी प्रदेशका पार्टी सचिवबाट डा. शेखर पक्षका विक्रम खनाललाई पार्टी कारबाही गरेको प्रतिफल चौधरीले भोगेकै छन् । नक्कली भुटानी शरणार्थी काण्डको फाइल खोतल्दा तत्कालिन सरकार ढालेको फल काँग्रेस, एमाले दुवै पार्टीले भोग्नु परेको यथार्थ नेतृत्वले बुझ्छ झिगौरी समूहले बुझ्दैन ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल