Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता समीकरणको किङमेकर मानिएको जनता समाजवादी पार्टी जसपा यतिबेला फेरि राष्ट्रिय चर्चाको विषय बनेको छ । जसपाका नेताहरुमा देखिएको आपसी सहमतिका कारण प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, विपक्षी गठबन्धनसमेत अप्ठ्यारोमा परेको छ ।
जसपाका विवादित दुबै पक्षले आफ्नै नेतृत्वमा सरकार गठन नभए प्रतिपक्षमा बस्ने सहमति गरेपछि अब ओलीले विश्वासको मत जुटाउन नसक्ने निश्चित भएको छ । अर्कोतर्फ, काँग्रेस सभापति शेरबहादुर देउवाले पनि नयाँ सरकार गठनका लागि बहुमत जुटाउन नसक्ने निश्चित देखिएको छ । यो अवस्थामा फेरि संसद विघटन हुने संकेत पनि देखिएको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच मंगलबार प्रतिपक्षमै बस्ने सहमति जुटेपछि एमाले, काँग्रेस र माओवादी अप्ठ्यारोमा परेका हुन् । प्रतिपक्षमा बस्ने निर्णयसहित ठाकुर र यादवको संयुक्त विज्ञप्तिले राजनीतिलाई थप तरंगित बनाएको छ । जसपा अध्यक्षद्वय ठाकुर र यादवले एमाले वा काँग्रेस दुबैलाई नसघाउने सहमति गरेका छन् । तर, आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा जसपाले सरकारको नेतृत्व गर्ने उनीहरुबीच सहमति जुटेको छ ।
मूल राजनीतिक मुद्दामा विवाद मिले पनि संसदीय दलको नेता चयनमा भने जसपाको विवाद यथावत छ । राजेन्द्र महतोलाई संसदीय दलको नेता मान्ने कि नमान्ने भन्ने विवाद जसपामा जारी छ । तर, संविधानको धारा ७६९५० अनुसार सरकार गठनका लागि संसदीय दलको नेता चयनले अर्थ राख्दैन, दलको नेता बाहिरैबाट जोसुकै व्यक्ति प्रधानमन्त्री बन्न सक्छ । यस अर्थमा जसपामा देखिएको दलको नेतासम्बन्धी विवादले बाहिरी अर्थ राख्दैन ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल