Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसको आड लिँदै प्रम ओली

काठमाडौं । जनताको भन्दा भूपु विशिष्टाको चिन्ता लिँदै भूपूहरूलाई राज्यले जीवनभर सुविधा दिनु पर्ने विधोयक ल्याउने पक्षमा रहेका प्रधानमन्त्री ओलीलाई पूर्व राष्ट्रपतिको सेवा सुविधा सबै त्यागेर पार्टी जीवन फर्केकी विद्या भण्डारीको सक्रियताले आक्रामक बनाएको छ । त्यही कारण त ओलीले विद्यालाई प्रतिनिधि बन्नबाटै रोक लगाए । प्रम ओलीको क्षमता र विवकेले भ्याएसम्म आफूबाहेक अरु कोही पनि पार्टी र सरकारमा प्रतिस्पर्धी हुन नआउन् भन्ने छ । त्यही कारण उनले आफ्ना हनुमानको रूपमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रदीप ज्ञवाली मार्फत् विद्या भण्डारीलाई एमालेमा सक्रिय हुन नदिने तानाबाना बुनेका हुन् । काँग्रेस पनि मिलेको छ । यहाँ देश लुट्न काँग्रेस र एमाले मिल्नु नौलो होइन । प्रधानमन्त्रीले पार्टी पदाधिकारीको बहुमत विद्याको पक्षमा लाग्दा काँग्रेसको साथ लिएर पूर्व राष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा आउन नदिने कानुनी बाटो नहुँदा विधान प्रयोग गरियो । यो गठबन्धनले संविधान संशोधन गर्न पाएको भए पूर्व राष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन नपाउने कानुनी प्रबन्ध गथ्र्यो । काँग्रेसका राष्ट्रपतिले काँग्रेसको स्वर्थामा, एमालेकी राष्ट्रपतिले केपी ओलीको स्वार्थमा भएका असंवैधानिक निर्णयहरू सदर गरेर राम्रै सेवा गरेका हुन् । संसद भंग गरेर असंवैधानिक नियुक्ति गरेका ५२ भाइको साढे ४ वर्षसम्म सर्वोच्च अदालते समेत फैसला नगरी अल्झाउँदै अन्ततः नियुक्ति सदर गरेर असंवैधानिक हर्कत गर्नेकै पक्ष लिएको छ । यस्ता निर्णयले अदालती बदनाम भएको छ । एमालेमा केपी ओलीको कार्याकाल निरंकुश भनेर चिनिँदा उनका भारदार बनेका महेश बस्नेत, शेरधन राई, ऐनबहादुर महरको परस्त्री काण्डलाई दबाइएको छ । काँग्रेसमा यस्ता गुपचुप हुन्छन् । पार्टीलाई वामपन्थी एकताको संवाहक बनाएर एकीकृत पार्टी निर्माण गर्नु पर्छ । त्यसको नेतृत्व विद्याबाट हुन्छ भनेर नै बहुमत पदाधिकारी विद्याको पक्षमा लाग्दा ओलीलाई सहीसाध्ये भएन । आफू सरहका सबैलाई खेदेर एक्लो बृहस्पती बन्दै आफैले ल्याएको उमेरहदको झ्याङ्लो आफैंमा परेपछि अध्यक्ष ओली सक्रिय हुन पाएसम्म शरीरले दिएसम्म आफैं अध्यक्ष बन्न खोजेका छन् । उनको त्यो दाउ पूरा गर्नु भन्दा ११ औं महाविधेशनमा विदा गर्नु पर्ने आवाज उठेको छ । एमालेको विधान अधिवेशनमा भदौ २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ । ओली त्यही बेला पूर्व राष्ट्रपतिलाई छेक्ने पार्टी नीति पारित गर्ने दाउमा छन् ।
उनको गिरोहले विद्यालाई केन्द्रीय सदस्यमा समेत मनोनित गरेन । एमाले विधानले मनोनितको ठाउँ राखेको पनि छैन । त्यहाँ ईश्वर पारखेल खुलेका छन् । अष्टलक्ष्मी शाक्यलाई विधाले महिला संघमा गरेको अपमानले छेकेको छ । डोरमणि पौडेल, गोकुल बासकोटा र कर्ण थापाले बोकेर पहाड हल्लिँदैन । विष्णु पौडेल, शंकरबाट पेलिँदा विद्यातिर जान्थे । तर बालुवाटर प्रकरणबाट जोगिएको सम्झना गर्नैपर्छ । जिल्लामा अस्तित्व घट्दो छ । कार्यक्षमतामा प्रम नै असफल थिए त मन्त्री सफल हुन्छन् कसरी ? बरु काँग्रेसका स्वास्थ्यमन्त्री सफल भए, डा. आरजु असफल । यस्तो अवस्थामा पार्टी एक छत्र बनाउने केपी ओलीले विष्णु रिमालको ल्यापटमा रहेको डाटाको भरमा एमाले कब्जा गर्लान् भन्ने कुरामा विश्वास छैन । अहिले छेके पनि महाधिवेशनमा प्रतिनिधि बनेर विद्या आउन सक्ने अवस्था छ । राज्यश्रोत कुम्ल्याउँदा लाग्ने आनन्द डा. रामवरणलाई जति भयो अरुको भएन । उपराष्ट्रपति सौतेलो व्यवहारम पर्ने डा. रामवरणलाई बोक्ने काँग्रेसमा भएनन् । उनको राजनीति कोइराला परिवारको कृपामा चल्दा चम्केका हुन् । तर विद्याको पछाडि एमालेका विचारक स्व. मदन भण्डारी हुन् । लोग्नेको सपना श्रीमती र छोराछोरीले पुरा गर्ने हुन् । अध्यक्ष अ‍ोली पुनः एमालेमा साढे बन्दा पार्टी कहाँ पुग्छ । सरकारको एक वर्षे प्रमाण हो । ओलीका लागि दुर्गा प्रसाई कमल ओली जति रुचिकर भए झापा आन्दोलनका केही पनि नजिक भएनन् । अहिले उनी एक्लै इतिहास बन्न खोजेका छन् । उनको फटाहा इतिहासले जनताको सेवा र सुरक्षा होइन माफिया र तस्करहरूको संरक्षणलाई झस्काउँछ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल