Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अब काँग्रेसमा गणेशमा र जगन्नाथको नाँउ लिइदै छ । यी दुवै नेपाली राजनीतिमा चर्चित र सदाचारी नेता हुन् । काँग्रेसले कृयाशील सदस्यता वितरण मै खेलोफड्को गर्दा साँच्चै काँग्रेसको स्थान खोजीदै छ । जब मन लाग्दी हुन्छ त्यसबेला लडाँइ हुन्छ । देउवा आफै सभापति थिए, उनले हनुमान राख्न पर्दैन । तर देउवाले राखे लडाँइ यहि हो । अबको महाधिवेशनमा काँग्रेसको निष्ठा र राजनीति बुझेको कार्यकर्ता आउने की धुन्धुकारीको टीम आउने मुल समस्या यहाँ छ । तर काँग्रेसभित्र नितिगत रुपमा लड्ने नेताहरु धेरै छन् ।
यो अवस्थामा शेरबहादुरले गणेशमानको स्थान लिन्छन्, शंका छ । उनी पैसा कमाउछन् तर उनका प्रतिद्वन्दी विमलेन्द्रलाई चाहिएको निर्वाचीत उपसभापति पद हो । निधिले भारतको सेवा गरेका छन् । देउवाले मान्छे त राम्रै राखेकै हुन् । पूर्ण बहादुर खड्का र ज्ञानेन्द्र कार्की देख्दा सहज छन् । उनीहरु भद्र हुन् । भद्रताको भलो हुन्छ । तर काम विग्रन्छ । प्रकाश शरण महत जस्ताको भरपर्दा देउवा सकिन्छन् । यो भद्र टोलीको पक्षमा युवा छैनन् ।
अबको काँग्रेसमा युवाको भन्दा दलाल को बन्ने हो कि भन्ने चिन्ता युवाहरुको छ । देउवाले दलाल धेरै राख्छन् । उनका शाला र श्रीमति नै उठाउन हिड्छन् । ९ लाख २५ हजार कृयाशील सदस्य बनाएको काँग्रेसले १३ जिल्लाको वडा अधिवेशन दशैपछि गर्दैछ । कार्यकर्ताले इतिहास खोज्छ । के देउवा इतिहासका पात्र हुन् ? डा. शेखर कोईरालाले उठाएको यो प्रश्न अब ४१ प्रतिशन मत देउवाले लिने की ५१ प्रतिशत मत डा. शेखरले लिने लडाँइ यहाँ छ ।
देउवाले बुझ्पर्छ डा. शेखरसँग दाश छैनन् । उनले राष्ट्रघात गर्दैनन् । नेपालले पञ्चसीलको आधारमा परराष्ट्र सम्बन्ध कायम गर्दै आएको छ । यो सिद्दान्तलाई तोडेकै कारण कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकार दुबेको हो । त्यसैले वर्तमान सरकारले पञ्चसीलको सिद्दान्तलाई तोड्न सक्दैन । किनकी त्यहाँ माओवादी, नेकपा एकिकृत र जनता समाजवादी पार्टी छन् । वर्तमान सरकार सम्युक्त हो । सम्युक्त सरकारको परराष्ट्र निति कुनै पनि देशको निर्देशनमा लागू हुदैन । यो बेला भारतको नीति पालन हुदैन । देउवा जस्तो शेखर होइनन् । नेपालको लागि चिन र भारत एकै हुन् । मित्र राष्ट्रलाई पंचशिलको आधारमा सम्बन्ध राख्नुपर्छ । मुल कुरा यहि हो ।
निर्वाचन अधिकृत कै अपराध
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्वाचन अधिकृतले गरेको अपराधमा रामचन्द्र पौडेल जोडिएका छन् । प्रमुख निर्वाचन अधिकृतको आदेश र निर्देशन नटेर्न कालोकोट लाउने मालपोत धाउने कानुन व्यवसायी छविरमण निरौला निर्वाचन अधिकृतको कारण सुनकोशी गाँउपालिका बडा नं ३ का काँग्रेस दङ्ग छन् । उनीहरू छट्पटिदै केन्द्रमा नेताहरूको चाकडीमा आउदा पनि उनीहरूको इच्छा पूरा भएको छैन । आफ्ना मान्छे हारेपछि रामचन्द्र दाईले अधिकृत लुकाए, ती कपनमा बस्छन् कालो कोट लाउँछन तर रामचन्द्रका दाश हुन् ।
जिल्ला पार्टी सभापति विकास लामासँगको साँठगाँठले भएको यो रमाईलो प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता महादेव यादवको हैसियत भने अब देखिन्छ । किनकी उनले खटाएका मान्छेले यसरी गुटको राजनीतिलाई महत्व दिन्छन् भन्ने कुनै पनि काँग्रेसले चिताएका थिएनन् । तर त्यहाँ जहाँ विवाद छ त्यो ठाँउ काँग्रेसको किल्ला हो मात्र विवाद पौडेल पक्षकी बस्नेत भन्ने मात्र हो । केन्द्रीय सदस्य मोहन बस्नेतलाई पेल्दै रामचन्द्रले गुड्डी हाँक्ने ठाँउ छैन । अब मोहनले चाहे भने वडामा मात्र होइन जिल्लामा रोकिएको अधिवेशन हुन्छ । तर ताँदो रोकियो कहाँ शंका छ । किनकी काँग्रेस भित्र अहिले शक्ति बाँडफाँडको लडाँइ पनि छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल