Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसको राजनीतिमा सूर्यबहादुरका छोरा

काठमाडौं । पञ्चायतका पिता सूर्यबहादुर थापाका पुत्र काँग्रेसको राजधानीमा छिरेका छन् । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुरका छोरा तथा पूर्वमन्त्री सुनील थापासहितका १४ नेता काँग्रेसमा प्रवेश गरेका हुन् । यसरी राप्रपा त्यागेर काँग्रेस पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ रहेका छन् ।

थापासँगै काँग्रेस पस्ने तयारीका साथ ३१ जना नेताले राप्रपा परित्याग गरेको भए पनि कोरोनाको महामारीका कारण सबैजना काठमाडौ आउन सम्भव नभएपछि पहिलो किस्तामा १४ काँग्रेस प्रवेश गरेका हुन् । अन्य नेता कार्यकर्ता जिल्लाबाटै प्रवेश गर्ने काँग्रेस बताइएको छ । आज पार्टी प्रवेश गर्नेसबैलाई पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे । यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए ।