Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा अब अन्तरघात हुँदैन : देउवा

 

दाङ । दोस्रो जागरण अभियानमा नेपाली काँग्रेस जुटेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै सभापति देउवाले एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिने बताएका हुन् ।
एकताको अभियानमा लाग्न पनि उनले कार्यकर्तालाई सुझाव दिए । सभापति देउवाले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए ।देउवाले भने, हिजो कसले के कमजोरी गर्‍यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला । उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे । यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअनर्तघात हुने छैन, उनले भने । बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल