Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सभापति शेरबहादुर देउवालाई प्रयोग गरेर संसदको टिकट बेच्नेदेखि स्थानीय तहका मेयर, उपमेयरसम्मको टिकट बेच्ने मठाधिसकहरूका दिन अब सकिए । कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ बहुमतको आडमा खाइखेती गर्थे । तर विशेष महाविधेशन ७८ वर्षका गोपालमान श्रेष्ठ समेत सहभागी भएर आफू ७० वर्षदेखि काँग्रेसमा लागे पनि आजको जस्तो काँग्रेस कहिल्यै थिएन भन्न पुगे । विशेष पक्षधर २६६२ प्रतिनिधि त्यहाँ थिए । आजको काँग्रेस भ्रष्टाचार र बेथितिको जड भएको छ । त्यहाँ कारण विद्रोह जरुरी छ । त्यसको नेतृत्व गगन थापाले लिएर कति ठिक गरे कति बेठिक गरे त्यो सहभागीहरूको साथ र सुहयोगले पुष्टि गर्दैछ । तर संस्थापनले केन्द्रीय समितिमा बहुमत छ भन्दै टेरेको छैन । ५६.१२ प्रतिशतको सहभागिताले पुराना अवैधानिक भएका छन् । काँग्रेसभित्र नीति, सिद्धान्त र कार्यक्रमको चासो छैन । त्यहाँ कमाई गर्ने ठाउँ नै टिकट वितरण गर्ने बेलामा हुन्छ । प्रकाशमान पनि पिताको नाउमा कमाउन लागेका नेता हुन् । विजय गच्छदार अख्तियारबाट डामिएर काँग्रेसी न्यायाधिशहरूबाट सफाई पाएका नेता हुन् । कृष्ण सिटौला देख्दा साधु हुन षड्यन्त्र गर्न माहिर नेता हुन् । डा. प्रकाशशरणको कुरै गर्नु पर्दैन । विमलेन्द्र निधिको कुरा त मधेशमा काँग्रेसको हालत हेर्दा थाहा छ । आज काँग्रेसभित्रको त्यो हविगतले विशेष महाधिवेशन निम्त्यायो । ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुँदा पार्टीको नेतृत्व परिवर्तनको मुद्दा समेत त्यहाँ उठ्यो । संस्थापन पक्षको अहंकारले काँग्रेस कहिले एमाले त कहिले माओवादीसँग मिलेर सत्तामा रमायो । आज एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा देउवा पक्ष छ । गगन समूहले काँग्रेस भएर चुनावमा लड्ने घोषणा गरेको छ । नेतृत्वले सत्ता स्वार्थ र पदका निम्ति जसरी पार्टीको आदर्श र मूल्य बिर्सदैछ । त्यसले पनि काँग्रेसको विद्रोह अनिवार्य बन्दैछ ।
युवाहरूको बाहुल्यता सबै दलमा छ । त्यो बाहुल्यता नै परिवर्तनको मूल एजेन्डा हो । आजको राजनीतिमा पुरानो पुस्ताप्रति जनमोह छैन । चुनावमा ठूला दलको हैकम चल्छ । नयाँ र वैकल्पिक शक्तिको उदय भएको छ । रास्वपाभित्र पनि पुरानो र नयाँकै लडाइँ छ । त्यहाँ कुलमानलाई धोका भयो । रवि लामिछाने आफैं विवादित छन् । यस्ता विवादित काँग्रेस, एमालेमा दर्जनौं छन् तिनको छानविन हुँदैन । काँग्रेसको युवा पुस्ताले कानुन मिचेर देश लुट्ने चलन सत्ता र शक्तिका आडमा बन्द गर्नका लागि दबाव दिँदा बहुमतको आडमा छानविन नहुने चलन स्थापित छ । जेनजी सरकार पनि तोकिए भन्दा बढी ध्यान लोकप्रियतामा दिँदैछ । सबैतिर हाम्रो नीति कार्यक्रम चल्दै छ भन्ने काँग्रेसले गणतन्त्रलाई लुटेर खानेहरूको व्यवस्था बनायो लोकतन्त्र नीतिगत लुटमा परिचालन गर्ने एमालेको ओली गुटसँगको सम्बन्ध जोडेर चुनावी गठबन्धन समेत गर्न भ्यायो जहाँ जसको बाहुल्य छ त्यहाँ उसको जीत हुने प्रतिस्पर्धात्मक अवस्था हुँदा पनि वैकल्पिक शक्ति र नेकपाको लहरले उनीहरूले राष्ट्रियसभामा गठबन्धन गरेका छन् । त्यो गठबन्धन फागुन २१ मा पनि हुने तयारी थियो, जब युवा विद्रोह चम्कियो त्यसबाट काँग्रेसको सत्ता लम्पट र दास पुस्ता आत्मरक्षामा लाग्दैछ । महाधिवेशनमा प्रतिनिधिको भावनामा प्रहार गर्दैछ ।
विशेष महाधिवेशनको शुरुमै गगन थापाले भने अबको काँग्रेस काँग्रेस नै बन्नुपर्छ । दास र हनुमानको भरमा पार्टी चल्दैन । संगठन बिना पार्टीका योजना बन्दैन बनेका योजना कार्यान्वयन हुँदैन । यस पटक सभापति देउवालाई घेराबन्दीमा पारेका दासहरूले पार्टीको अवस्था कमजोर बनाउने स्थिति देखिएपछि गोपालमान श्रेष्ठले देउवा समूहबाट विद्रोह गरे । बागमती प्रदेशको अध्यक्ष समेत रहेका बहादुर सिंह लामाले डा. प्रकाशशरण महतको क्याम्पबाट विद्रोह गरे । प्रदेश तहमा कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६ लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ जनसम्पर्कबाट १९५ सहभागी भएको बताइन्छ । विशेष महाधिवेशनले दिने म्यान्डेटमा नेतृत्व परिवर्तन समेत गर्न सक्ने विधानकै व्यवस्थामाथि बहुमतको आडमा प्रहार भयो । यहाँ डा. शेखर कोइराला भने अलपत्र भएका छन् । डा. कोइराला शेरबहादुर देउवाले सभापतिका उम्मेदवार बीचको दोस्रो प्रतिस्पर्धामा सघाउने बचन दिएकै विश्वासमा विशेष महाधिवेशनमा सरिक भएनन् तर अहिले बाध्यतावश निर्वाचन आयोगको निर्णयलाई स्वीकार गरेका छन् । त्यो नै उनको सभापति बन्ने सपना तुहाउने बाटो भयो । ५ प्रदेश अध्यक्ष र ५ जिल्ला सभापति देउवाको पक्षमा छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल