Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा नेकपा छिर्याे, देउवा ओलीको पक्षमा, पौडेल विपक्षमा

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजनको असर नेपाली काँग्रेसमा पनि देखिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नजाने पक्षमा देखिएका छन् । हिजो बसेको केन्द्रीय कमिटी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । बैठकमा उनले प्रधानमन्त्रीको कदम असंवैधानिक अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावाद उन्मुख रहेको उल्लेख गरे । तर यस बिषयमा कांग्रेस सम्यमतापूर्वक अघि बढनुपर्ने भन्दै उनले खुलेर विरोध गरेनन् ।

देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले सडक संघर्षको विपक्षमा विचार राखेसँगै देउवा पक्षको फरक मत देखिएको हो । साउदले मध्यावधि चुनावमा जानुपर्ने भनाई राखेका थिए । उनले चुनाव लोकतान्त्रिक प्रक्रिया अन्र्तगत भएकाले त्यसबाट भाग्न नहुने भन्दै सडकमा भन्दा चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् । देउवा निकटका अर्का नेता डा. नारायण खड्काले पनि अदालतको निर्णय पर्खनुपर्ने विचार राखेका थिए ।

खड्काले सडकमा गइहाल्नुभन्दा अदालतको निर्णय कुरेर बढ्नुपर्ने विचार राखेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सडक संघर्षमा जानुपर्नेमा जोड दिएका छन् । पौडेल स्वयंले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलनमा जानुपर्ने बताए । उनले ओलीको कदमले खतरनाक अवस्था ल्याउनसक्ने औल्याए । पौडेल निकट केन्द्रीय सदस्य महेश आचार्यले पनि आन्दोलनमा जानुपर्ने बताएका थिए । उनले काँग्रेस कसैको पछाडि लागेर नभए आफै आन्दोलनको नेतृत्व गरेर बढ्नुपर्ने बताएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीरता पूर्वक र गहिरो बिश्लेषण गरि कांग्रेसले आवश्यक नीति अवलम्वन गर्ने बताए । बैठकमा देउवा र पौडेलसहित केन्द्रीय सदस्यहरु महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए ।


सम्बन्धित समाचार