Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देशभरबाट करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन्।
कांग्रेस नेता डा. शशांक कोइरालाको नेतृत्वमा गठित समितिले आगामी साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।
उनका अनुसार साउन २९ गते काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा दिउँसो १ बजे भेलाको उद्घाटन हुनेछ। भेलामा सहभागी हुने प्रतिनिधिको मापदण्ड यसअघि नै तय गरिएकाले सोही आधारमा करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्।
भेलाको पहिलो दिन उद्घाटन सत्र सञ्चालन हुनेछ भने दोस्रो दिनदेखि बन्दसत्र सुरु हुनेछ। बन्दसत्र बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने र खानापछि दिउँसो १ बजेदेखि पुनः सुरु हुने कार्यतालिका रहेको छ।
कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच पार्टीको आगामी महाधिवेशन, नेतृत्व तथा संगठनात्मक विषयमा मतभेद चर्किरहेका बेला इतर पक्षले आयोजना गर्न लागेको यो भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेलाबाट पार्टीको आगामी रणनीति र नेतृत्वका विषयमा ठोस धारणा सार्वजनिक गर्ने तयारीसमेत गरिएको नेताहरूले बताएका छन्।
२०८३ श्रावण २७
ताजा नेपाल
२०८३ श्रावण २७
ताजा नेपाल
२०८३ श्रावण २७
ताजा नेपाल