Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बुधबार दिउँसो २ बजे बैठक आह्वान गरिएको जानकारी दिइएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। यो बैठकले संसदीय दलको नेताबारे पनि निर्णय लिन सक्नेछ।