Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आज आइतबार पदाधिकारी बैठक राख्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ। पदाधिकारी बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने उनले बताए। असार १६ देखि हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासहितका विषयमा छलफल गर्न पदाधिकारीहरूले छलफल गर्दै हुनुहुन्छ, मुख्य सचिव पौडेलले भने। गत फागुन १ गते बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महािला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर यीमध्ये कुनैले पनि अझै अधिवेशन गर्न सकेका छैनन्। सोमबारदेखि हुने कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीका भ्रातृ संस्थाका तदर्थ समितिको पदावधि थप्ने वा ती भंग गर्ने, निर्णय गर्नेछ। यसका साथै सरकारका कामकारबाही र बजेटप्रति पार्टीका सांसदहरूको असन्तुष्टिका विषयमा पनि केन्द्रीय समितिको बैठक छलफल गर्ने तयारी कांग्रेसले गरेको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल