Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसलाई प्रमुख प्रतिपक्ष अधिकार आज छिनोफानो

काठमाडौं। नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिए पछि आज सुनवाई हुन लागेको हो। सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन्। न्यायधिस मल्को आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो। आज २५ माघमा पहिलो पेशी तोकिएको छ। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए। सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि दिएको थियो ।