Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप्यो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा थप गरेको छ।

यसअघि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय जेठ २८ गते राति १२ बजेसम्म तोकिएको थियो। तर, पार्टीले हालको प्रगतिलाई मध्यनजर गर्दै म्याद थप गरेको जनाएको छ।

पार्टीका अनुसार सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन्। त्यस्तै, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन्, जसको विवरण वडा सभापतिबाट अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार क्रियाशील सदस्यता अद्यावधिकको म्याद अर्को सूचना नभएसम्मका लागि बढाइएको हो।