Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
२०८२ असार ३
ताजा नेपाल
२०८२ असार ३
ताजा नेपाल
२०८२ असार ३
ताजा नेपाल