Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एमाले अध्यक्ष केपी ओली यति बेला हैरान भएका छन् । आफ्नै दम्ब र अहंकारले पार्टी कार्यकर्ताले घण्टीलाई सघाए । दुई पटक दुई तिहाईको शासक बन्दा भ्रष्टाचार र बेथिति, बिचौलिया र कमिशन पथ प्रमुख एजेन्डा बनाएर ऐन कानुन नीति नियमको धज्जी उडाइयो । विचार मिल्नेलाई वर्गशत्रु भ्रष्टाचार र बेथितिको नायकसँग सत्ता सहकार्य नत जनताले पचायो नत कार्यकर्ताले सहज ठान्यो । ओलीको कृपामा पार्टीको केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्म ठाउँ पाएकाहरूबाट पार्टी चल्दैन । कार्यकर्ताको सक्रिय सहभागिता बिना संगठन बन्दैन ।
ओलीलाई अगाडि सारेर एमाले हिँड्न नसक्ने भो भन्ने महासचिव शंकर, विष्णु, पृथ्वी सुब्बा मात्र होइनन् उनकै मोर्चाका खगराज, भानुभक्त, राजन भट्टराई, विष्णु रिमालसम्मले सम्मानपूर्वक अध्यक्षबाट बहिर्गमन खोज्दै जाँदा पत्यारिलो र जनतामा देखाउनलाई विद्या भण्डारी बाहेक फेला परेनन् । जेन्जी पुस्ताको विद्रोहले पार्टी पुनसंरचना अपरिहार्य देख्नेहरू तिनै शंकर, विष्णु, पृथ्वी थिए । तिनलाई ओलीले पदाधिकारीले पाउने गहकिलो भारी बोकाएर तत्काल पदको सुरक्षा गरेका छन् । पार्टीको नवौं महाधिवेशनबाट माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, किनारा लाग्दै गए । ओलीको एकाधिकार हुँदा आफूलाई दुई तिहाइको प्रधानमन्त्री बन्ने रहर पु¥याउन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल जस्ता पद र कुर्चीको भोक भएका नेतासँग प्रधानमन्त्री पद बराबर पार्टी अध्यक्ष पद बराबर गर्ने वाचा गरेर आफ्नो बेइमानी र धुर्त चरित्रमा नाचेकै हुन् ।
पार्टीका भ्रष्टहरू ईश्वर पोखरेल, विष्णु पौडेल, रघुवीर महासेठ जस्ताको लुटमा आँखा चिम्लेर पार्टी एकताका विरुद्ध जाइलागेका यिनै ओलीलाई आज आफ्नैले घेराबन्दी गर्लान् भन्ने थिएन । राजश्व मार्ने कमिशन हजम गर्ने बिचौलिया पथमा अग्रसर हुने ओली पथकै अहंकारले नेकपा एमाले हिजो जस्तो छैन । चुनाव भनेपछि कतै कुनै पद जित्न नसक्ने विष्णु रिमाल संसदको चुनाव सधैं लडेको छ तर जित्न नसक्ने डा. राजन भट्टराई जस्तालाई विश्वास लिँदाको प्रतिफल पटक पटक ओली व्यहोरे । गोकुल बास्कोटा, योगेश भट्टराईहरूले चुनाव नजित्ने भएर टिकट नदिएको बताउने ओली आफैं झापा ५ बाट थचारिएपछि गृह गाउँ जाने आँट गरेका छैनन् । तिनैलाई एमाले आफ्नै नेतृत्वमा पहिलेकै स्थानमा ल्याउने धोको छ । तर आफू शासक बन्दा जनताको हितमा सिन्को नभाँचिएको सम्झना छैन । जबजका प्रमुख सूत्रधार स्व. मदन भण्डारीकी जीवन संगिनी विद्या भण्डारीलाई पार्टीमा फर्कन नदिने ओलीले यस पटक आफ्नो विरोधीहरूलाई कार्यक्षेत्र भाग लगाउँदा सचिवालय बैठकबाट विद्या भण्डारीको सदस्यता खुलेको बताएर आलोचनाबाट जोगिएका छन् । ओलीको अराजकताले राष्ट्रिय राजनीतिमा मात्र होइन, न्यायिक क्षेत्र, प्रशासन र फौजी समूह पनि आतंकित थियो । उनलाई मनदेखि सघाउने अपराधका घैला रामबहादुर थापा, लिचिबारी काण्ड र गिरिबन्धु टिइस्टेका अगुवा पद्मा अर्यालदेखिएका छन् । महेश बस्नेतकै कारण बालकोट दरबार खरानी हुँदा गुण्डुतिर बसाईसराइ गरेका अोलीबाट महिलासँग जोडिएका पौरखीहरूमाथि राज्यले छानविन गरेन ।
स्थिति अब हिजो जस्तो छैन । रास्वपाको एक्लो दुई तिहाईको सरकार देशमा छ । जनपक्षीय काम गर्ने यो सरकारको हुटहुटी देखिन्छ तर नेकपा एमालेको ओली पथ सरकारलाई देशद्रोही र घातक भन्दैछ । सरकारले सम्पत्ति शुद्धिकरणको छानविन प्रक्रिय अगाडि बढाइ रहँदा ओली बालकोटको जलेको घरको खरानी लैजाओ भन्दैछन् । त्यो अराजकताले नियम उल्लंघन गर्छ नै तर कानुन सम्वत ढंगले गठन गरेका र छानविनको काम गरेका नेपालीहरूमध्ये जो सत्ता र शक्तिमा रमाए तिनको पनि सम्पत्ति शंकास्पद कारोबार छानविन हुने बताइएको छ । संसदको तेस्रो दलको रूपमा रहेको एमालेले हिजोको क्रेजलाई जोगाउनु पर्छ भन्ने ठानेकै छैन । एमाले ओली बिना पार्टी चलाउन सकिँदैन । कि भन्नेहरू आफैं पदको खेती गर्दैछन् । सम्पत्ति छानविनदेखि गैर कानुनी रूपमा आर्जन गर्नेहरू काँग्रेस, एमालेमा हाकाहाकी माओवादीमा लुकीछिपी धेरै छन् । सरकारले देश लुटेकाहरूलाई निगरानी गर्ने हो । अदालती आदेश लत्याएर भाग्नेहरू बच्ने स्थिति छैन । ओलीलाई राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको दायरामा ल्याउन गरेको आग्रह लत्याउँदा देशको परराष्ट्र सम्बन्धमा असर पुग्ने कुरा विश्वास गर्न सकिँदैन ।
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल