Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काग्रेसमा शुरु भो भविष्यको तिर्सन

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे पार्टीको अडानलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा सभापति र वरिष्ठ नेताबीच भएको विवाद व्यक्तिगत विषयसम्म पुगेपछि अरु नेताहरुले रोक्नु परेको थियो ।

२ बजे बोलाइएको कार्यसमिति बैठकअघि संस्थापन इतरका नेताहरु पौडेलको कार्यकक्षमा भेला भएका थिए । नेताहरुले अब संसद पुनर्स्थापना हुनुपर्छ भनेर पार्टीले प्रष्ट अडान लिनुपर्ने भन्दै पौडेललगायतका नेताको ध्यानाकर्षण गराए ।

लगत्तै पौडेलसँगै कृष्ण सिटौला लगायतका नेताहरु सभापति देउवाको कार्यकक्षमा गए । त्यहाँ पार्टीको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिकासँगै प्रतिनिधिसभा विघटनमा पार्टीले लिएको अडानबारे छलफल भएको थियो । एक नेताका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव सुनाएका थिए ।

तर संसद पुनर्स्थापनाको पक्षमा पार्टी उभिनुपर्ने पौडेल र सिटौला पक्षको अडानमा देउवा सहमत भएनन् । पौडेल केन्द्रीय कार्यसमितिमा आफ्नो मत राख्छु भन्दै निस्किए र, बैठकको सुरुमा बोलेका उनले प्रष्ट तीन अडान राखे ।

पहिलो – संसद पुनर्स्थापना हुनुपर्छ
दोस्रो – संवैधानिक परिषदले गरेको नियुक्ति खारेज गर्नुपर्छ
तेस्रो प्रदेश सरकारहरुविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गर्नुपर्छ

वरिष्ठ नेता पौडेलले संसद विघटनलाई असंवैधानिक भन्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय स्मरण गर्दै संसद पुनर्स्थापना हाम्रो माग हो भन्नुपर्ने धारणा राखेका थिए । अब अलटाल गरेर हुँदैन । कांग्रेसले आफ्नो धर्म निर्वाह गर्नुपर्छ, सत्यको पक्षमा उभिन सक्नुपर्छ नभए यो प्रश्नले कांग्रेसलाई लखेटिरहन्छ । कांग्रेस इतिहासको कठघरामा उभिनुपर्ने हुन्छ ।

एक केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन्, प्रधानमन्त्री बनाइदिन्छन् भन्ने भ्रममा नपर्न सभापति देउवालाई खबरदारी गरेका छन् । कांग्रेसले संसद पुनर्स्थापना हुनुपर्छ भन्नासाथ सकिने भन्दै उनले भनेका छन्, ‘किनकी संविधानमा टेक्ने ठाउँ छैन । यदि नियत खराब राख्यो भने प्रधानमन्त्री र प्रतिपक्षले चुनाव भनिरहेको छ भनेर फैसला आउने हो । त्यस्तो टेक्ने ठाउँ किन दिने रु’ उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई असंवैधानिक भनेको तर त्यही अध्यादेशअनुसार बैठक गरेर भएका नियुक्तिहरुबारे पनि पार्टीले प्रष्ट बोल्नुपर्ने बताए । ‘असंवैधानिक अध्यादेशअनुसार भएको नियुक्ति मान्दैनौं भन्नौं’ पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले प्रदेश सरकारहरुविरुद्ध प्रदेशसभामा दर्ता भएका अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गर्नुपर्ने धारणा राखे । ‘जसले ल्याएको भए पनि अहिले अविश्वासको प्रस्तावमा मत हालौं, सरकार जान्छ । त्यसपछि के गर्ने छलफल गरौला’ उनले भने, ‘तलको कमिटीहरुलाई लामो समयसम्म अलमलमा नराखौं ।’
पौडेल लगत्तै सभापति देउवाले धारणा राखे । ‘नबोलुँ भन्ने थियो, रामचन्द्रजीले बोलेपछि केही भन्नैपर्ने भयो भन्दै बोलेका उनले पौडेलको प्रतिवाद गरेका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर आफ्नै अगुवाईमा निर्णय भएको उनले बताए । तर अदालतलाई यही गर भनेर धम्क्याउने, जुलुस निकाल्ने जस्तो काम नगर्ने उनले संसद पुनर्स्थापना हुनुपर्छ भनेर निर्णय गर्नुपर्ने पौडेलको मागलाई अस्वीकार गरे । आफूले प्रधानमन्त्री पदलाई वास्ता नगरेको र पार्टीलाई के गर्दा फाइदा हुन्छ भनेर हेरेको देउवाले दावी गरे ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिबारे पौडेलले उठाएको प्रश्नमा उनले सभामुख बैठकमा नगएका कारण यो सब भएको जिकिर गरे । देउवाले अघि भने, ‘जयबहादुर चन्द परिहाल्यो, अब बोल्दैन भनेको मैले बुझेको छैन र ?

देउवा बोलिरहँदा पूर्वमहामन्त्री कृष्ण सिटौलाले प्रश्न गरे, ‘सभापतिजीको कुराले त संसद विघटन असंवैधानिक छ भन्ने निर्णयबाट पनि पछाडि हटेको हो कि भन्ने भयो त ? वरिष्ठ नेता पौडेलले पार्टीले चुनाव नभई संविधान हुनुपर्ने मात्र के भनेका थिए, देउवा उनीमाथि खनिए । उनले ‘संविधान तपाईलाई मात्र थाहा छ रु सांसद नभएको तपाई र सिटौलाजीलाई मात्र संसद चाहिएको छ रु’ भन्दै व्यक्तिगत रुपमा खनिएपछि बैठकमा तनावपूर्ण माहौल बनेको एक नेताले बताए ।