Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेकपाको नाउँमा प्रत्यक्ष निर्वाचनमा पराजित भएपनि राष्ट्रिय सभाको सांसद भएर मन्त्री हुने अभिलासा राखेका बामदेव गौतम र नारायण काजी श्रेष्ठ एकै चरित्रका नेताका रुपमा चिनिन्छन् । बामदेवलाई वर्दीया बाट जनताले नपत्याएपछि ५ वर्ष टिक्न गारो भयो भने नारायण काजीलाई गृह जिल्ला गोरखा एकादेशको कथा बन्दै छ ।
किनकी त्यहाँ काजीको संगठन छैन । उनले सर्लाही बाट चुनाव लड्ने तयारी गरी रहेका छन् । पाटीले अवसर पाउदाँ जहिले पनि नारायण काजी समुहबाट गिरीराज मणी र उनकै भागवण्डा भयो ।उनीहरुले शिक्षा र स्वास्थ रोज्ने गरे जहाँ कोटा निर्धारण गरेर लुट्ने अभियान चलाए । यस पटक पनि गिरीराज मणीले पाटी बैठकमा कोटा खोजे त्यहाँ नारायण काजीको नाउँ आउदा कसैले प्रतिवाद गरेनन् । पाटी एकता पछि हरेक अवसरमा भाग खोज्ने यिनीहरुले संगठनको महत्व बुझेनन् । पैसा तिनले खाने आरोप जागृत रायमाझीले बेहोर्नु पर्ने अवस्था पनि त्यहाँ भयो अहिले जागृत आहुती को पछि लागेका छन् ।
१० वर्ष सम्म माओवादी छिन्नभिन्न भएर पनि गुट जोगीयो हाम्रो टिमबाट मन्त्री बन्नु हुदैन संगठन प्रमुख कुरा हो भन्ने सुझाव कार्यकर्ताले दिदाँँ काजीको कान रातो भएको छ । मन्त्री बन्न राष्ट्रिय सभा प्रवेश गरेका नारायण काजी र बामदेवको राजनिती भनेको राज्यको सुविधा विना टिक्न नसक्ने रहेछ भन्ने कुरा यि दुई नेताले पाटी एक हुदाँ सांसद बन्न गरेको कसरत नै काफी थियो ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल