Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यता क्रमसहित नतिजा सार्वजनिक गरिएको महानगरले जनाएको छ।
आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा कुल २२ हजार २० विद्यार्थी सहभागी भएका थिए। उनीहरूले ८३ वटा परीक्षा केन्द्रमार्फत परीक्षा दिएका थिए।
महानगरपालिकाले परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरेको हो।
यो छात्रवृत्ति कार्यक्रम काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि लागू हुने जनाइएको छ।
नतिजा हेर्नका लागि अनलाइन फाराम भर्दा प्राप्त पोर्टलमा रोल नम्बर, जन्ममिति तथा पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको महानगरले जनाएको छ।
महानगरले २०८० सालदेखि महानगर क्षेत्रभित्रका निजी (संस्थागत) विद्यालयहरूमा कक्षा ११ र १२ का लागि छात्रवृत्ति प्रदान गर्न प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ।
गत वर्षसम्म यो कार्यक्रममार्फत देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्षको परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए, जसमा १० हजार ८६७ जना उत्तीर्ण भएका थिए। उत्तीर्णमध्ये करिब ४ हजार ५०० विद्यार्थीले मात्र छात्रवृत्ति प्राप्त गरेका थिए।
यस वर्ष भने विगतको तुलनामा बढी विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ।
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल