Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूसँगको समन्वयमा बौद्धबाट खटिएको प्रहरीले पुस १६ मा ६ जनालाई नियन्त्रणमा लियो । उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएर काठमाडौँको शंखरापुर बस्ने ३२ वर्षीय दावा नोर्बु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका घर भएका ३२ वर्षीय प्रकाश गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिका घर भएकी ४२ वर्षीय रेणुका भारती, बलेफी गाउँपालिका घर भएका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौँ शंखरापुर घर भएका ४३ वर्षीय सुक बहादुर स्याङ्बो छन् ।
लिनिङ स्टोरबाट निस्केका दावा नोर्बुको मोटरसाइकल पछ्याएर उनीहरूलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । उनीहरू विरुद्ध प्रहरी वृत्त बौद्धले मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । एकले अर्कोबाट फर्जी नोट लिएको पोल गरेपछि ६ जना पक्राउ परेका हुन् । अनुसन्धान अधिकृतहरूले अहिलेसम्म ९३ वटा हजार फर्जी नोट बरामद गरेका छन् । एसपी भट्टराई भन्छन्, आरोपीहरू एकको अर्कोसँग सम्पर्क देखिन्छ ।
आरोपीहरूले फर्जी नोट बजारमा प्रयोग गरेर रिचार्ज कार्ड पनि खरिद गरेको अनुसन्धानबाट थाहा भएको प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।
सातौँ आरोपी पक्राउ, रक्सौलबाट ल्याएको बयान
फर्जी नोट कारोबारमा कनेक्सन देखिएका सातौँ आरोपी बाराबाट पक्राउ गरेका छन् । बारा घर भएका गौरीशङ्कर यादवलाई पनि अनुसन्धानको लागी नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए । यादव सुमो चालक हुन् । अत्तरखेलमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्दा नोट काठमाडौँ सम्म ल्याउनेमा यादवको भूमिका देखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले हामिलाइ बताए ।
यादवले काठमाडौँबाट थापा दाइ नाम गरेका व्यक्तिले नक्कली नोट ल्याइदिनु भनेर बारम्बार फोन गरेपछि आफूले भारतीय बजार रक्सौलमा पुगेर नोट ल्याइदिएको प्रारम्भिक बयानमा खुलाएका छन् । ९ लाख फर्जी नोट बापत थापा दाइले आईएमई गरेर २ लाख ७० हजार नेपाली रुपैयाँ पठाइदिएको उनले बताएका छन् ।
रक्सौलमा ९ लाख रकम दिने व्यक्ति आफूले नचिनेको यादवले प्रहरीसँग जिकिर गरेका छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल