Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप २३२ जनालाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

देशभर ८५५ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर ८५५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो । आज मंगलबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।