Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा एकै दिन थपिए ५४ जना नयाँ संक्रमित

काठमाडौं । लकडाउन खुकुलो बनाउँदै चहलपहल बढाएसँगै राजधानी काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । दिनदिनै संक्रमितको संख्या बढ्दै गउको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरका १० र ललितपुरका २० जनालाई कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कुल १८० लाई कोरोना भाइरस पुष्टि भएको छ ।
देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले हालसम्म ६ हजार ८११ जना डिस्चार्ज भएको बताउनुभयो । जस अनुसार पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७२१ जनाको पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित बसिरहेका छन् भने हाल २९ हजार २१५ जना क्वारेन्टिनमा बसिरहेका छन् ।