Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो (के के गर्न छूट ?)

काठमाडौं। मोडल परिवर्तन गर्दै निषेधाज्ञा जारी राख्नेबारे छलफल भएको भए पनि अन्ततः काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । अर्को एक साता दुई साताकौ निरन्रतता हुने बताइएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।


सम्बन्धित समाचार