Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकौ २०० जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानीमा बितेको २४ घण्टामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २४६ जना छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।