Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं प्रवेशद्वारमै कोरोना भ्याक्सिन

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन सहज हुँदै गएकोछ । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ ।
काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १ महिने खोप कार्यक्रम चलाएको हो। मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम पुस ५ गतेसम्म चल्ने बताइएको छ। काठमाडौं प्रवेश गर्ने १८ बर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइनेछ।
काठमाडौं प्रवेश गर्ने १८ बर्ष उमेर समूहमाथिका सबै नागरिकलाई प्रवेश नाकामै खोप उपलब्ध गराउन लागेका हौँ’ खोप कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामीले काठमाडौं महानगरबाहिरका नागरिकलाई पनि सेवा दिएका हौँ। देशका सबै नागरिक स्वस्थ्य भए भने काठमाडौं पनि सुरक्षित हुन्छ। त्यसैले हामीले आफ्नो भौगोलिक र कार्य क्षेत्रबाहिर गएर पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ। महानगरको स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्छन्, खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड÷एक्ट्राजेनिका खोप उपलब्ध हुनेछ। यससँगै महानगरका सवै वडाहरुबाट मंसिर ७ र ८ गते कोविडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । वडा खोप समन्वय केन्द्रले वडामा तोकेको केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरुबाट खोप दिइनेछ।
यसमा १८ बर्ष उमेर समूह माथिका, खोप लगाउन छुटेका सबै नागरिक र यसअघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ। यसमा भेरोसेल, कोभिसिल्डरएक्स्ट्राजेनिका खोप उपलब्ध हुनेछन्।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल