Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा ओपीडीमा आएका बिरामीले कुटपिट गरेका हुन् ।
बिरामीले एक विशेषज्ञको नाम लिएर देखाउन आउनुभएको रहेछ । तर, ती विशेषज्ञ क्लासमा हुुनुहुँदो रहेछ । इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको छ । एकछिन समय लाग्छ भनेपछि कुटपिट भएको रहेछ, दाहालले भने
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ ।
अहिले अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल