Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंमा जाम सुरु भयो

१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढ्न थालेको छ । उपत्यकाका सडकमा निजी सवारी साधनको संख्या बढेको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी श्याककृष्ण अधिकारीले निषेधाज्ञा खकुलो भएकोले उपत्यकामा सवारी चाप बढेको बताए । ‘निषेधाज्ञा लुज भएको छ त्यसैले सवारी चाप बढेको छ , उनले भने ।काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अघिल्लो पटकभन्दा केही खुकुलो बनाइएको छ । यसकै मौका छोपी काठमाडौं उपत्यकाका सडकमा नागरिकले चहलपहल ढाएका हुन् ।आजदेखि होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ भने तरकारी तथा खाद्यान्न पसल खुल्ने समय पनि बिहान ११ बजेसम्मका लागि बढाइएको छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसल, किराना पसल, डिपार्टमेन्टल ग्रोसरी खोल्न पाइने भएपछि नागरिकको चहलपहल पनि बढेको हो ।आजैदेखि सरकारले नयाँ शैक्षिक सत्रको भर्नासमेत खुला गरेकोले पनि नागरिक चहलपहलसहित सवारी साधनको चाप बढेको छ ।उपत्यका मुख्य सडक र चोकमा कोरोना बिर्साउने गरी ट्राफिक जामसमेत भएको छ