Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कानुनी उपचार खोज्ने शिल्पाको चेतावनी

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबिचको डिभोर्सको मुद्दा अब किनारा लागिसकेको छ । डिभोर्सको मुद्दा किनारा लागेसँगै छविराज ओझा नयाँ फिल्म ‘मंगलम २’ बनाउन कस्सिएका छन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । छविले फिल्म निर्माण गर्न लागेको खबरसँगै नायिका शिल्पा पोखरेलले डिभोर्सपछि ४ करोड मूल्यको घर लिएको खबर पनि सार्वजनिक भइरहेका छन् । डिभोर्सपछि शिल्पा छविको गुह्वेश्वरीको घरमा बस्दै आएको खबर सार्वजनिक भएपछि उनको विषयमा विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् । तर, यो खबरले शिल्पा सन्तुष्ट छैनन् । उनले, यो विषयलाई नचाहिदो रुपमा उचालिएको र उक्त घरको मूल्य ४ करोड पनि नपर्ने तर्क गरेकी छिन् । मिडिया कुराकानीमा शिल्पाले आफूले अदालतसँग मागे जति नै माना–चामल पाएको बताएकी छिन् । तर, अदालतले दिएको अधिकारलाई समेत आफूले अस्विकार गर्दै खण्डहर जस्तो घर रोजेको तर्क गरेकी छिन् । शिल्पाले भनेकी छिन्–‘६ बर्ष मैले र छविजीले एकसाथ काम गर्दा मैले र उहाँले कमाएको सम्पत्ति एकै ठाउँमा राखेको सम्पत्तिमा मैले मेरो मात्र सम्पत्ति चाहियो भन्दा, पैसाको हिसाब गर्दा, मैले टाउको लुकाउने ठाउँ चाहियो अरु कुनै पनि कमाइबाट केही चाहिएन, जग्गा पनि चाहिएन, माना–चामल पनि केही चाहिएन भनेर अरु केही नलिएर गौरीघाटको घर लिएको हुँ ।’ शिल्पाले आफूले घर लिदा खण्डहर जस्तो भएको भन्दै आफैले ४० लाख रुपैयाँ खर्च गरेर बस्न योग्य घर बनाएको पनि तर्क गरेकी छिन् । घरको फोटो बाहिरिएकोमा समेत शिल्पा असन्तुष्ट छिन् । उनले आफ्नो गोप्यता भंग गर्ने काम भएको भन्दै कानुनी उपचारमा जाने चेतावनी पनि दिएकी छिन् । उनले, पाँच वर्ष अगाडिको कुरालाई अहिले कोट्याएर आफ्नो दिमागी स्वास्थ्य नबिगार्न पनि चेतावनी दिएकी छिन् ।


सम्बन्धित समाचार