Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काभ्रे। काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ। पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ। मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो। पहिरोमा परेर ४ जना बेपत्ता छन्। थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ। भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ। स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ। रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल