Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काम गर्ने हामी अनि उनीहरु नाक ठड्याउने : केपी शर्मा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् । बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा उत्पादन भएको बिजुली आफ्नै देशमा खपत गरौ, बिजुलीका गाडी चलाउ, बिजुली भात पकाऊ भनेको सुनेको भन्दै त्यही अभियान आफुले सुरु गरेकाले अहिले सरकारले नाक ठड्याउन पाएको बताएका हुन् ।
२० बर्षसम्म यो देशमा लोडसेडिङ हट्दैन भन्ने मान्छेहरु, किनेको विद्युत बाल्नेहरू अहिले त्यसो भन्दैछन्’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले भारतबाट विजुली किनेर भएपनि लोडसेडिङ अन्त्य गरेको बताए ।
अनि देशमा नाक ठड्याउने उनीहरु रु आज के भन्न थालेका छन् भने कमसेकम बिजुलीको चुल्हो बाल्न थालौं, नेपालमै बिजुली खपत गरौं, तपाईंहरुले देख्नसक्नुहुन्छ हामीले कसरी विकासको अभियान थालेका थियौ’, ओलीले आफ्नो कार्यकालमा भएका विकासको फेहरिस्त सुनाएका थिए ।