Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राजु शर्मा, सङ्गीतकार
महेन्द्र मोरङ क्याम्पसबाट आईकमसम्मको अध्ययन सक्काएर काठमाडौँ भित्रिएका राजु शर्मा ‘नेपाली’ले इलाहवाद सङ्गीत संस्थाबाट तीन वर्षीय भोकल कोर्ष पूरा गरेका छन् । तबला वादनमा पारङ्गत राजु शर्मा ‘कुशल’ ग्राफिक्स डिजाइनर पनि हुन् । आर्थिक रूपले कमजोर शर्मा ग्राफिक डिजाइनबाट आएको पैसाले आफ्नो दैनिकी चलाउनुका साथै गीत–सङ्गीतमा खर्चिनुपर्ने उनको बाध्यता नै थियो । पछिल्लो समयमा व्यस्त बन्दै आइरहेका सङ्गीतकार राजुले आफ्नो एकल सङ्गीतमा प्रतिभा– २, दी ट्यालेन्ट, हजुरको माया, इन्द्रेणी एल्बम प्रकाशित गरिसकेका छन् । सुगम सङ्गीतको क्षेत्रमा आशालाग्दो सर्जकको छवि बनाउँदै आफ्नो कर्ममा निरन्तर साधानारत गायक–सङ्गीतकार शर्माले गीत–सङ्गीतको क्षेत्रबाट समाजमा पु¥याएको योगदानको कदरस्वरूप विभिन्न सङ्घसंस्थाबाट कदर पत्र, अवार्ड र सम्मानपत्रबाट सम्मानितसमेत भएका छन् । युवा सङ्गीतकार राजुसँग गरिएको कुराकानी–
० केको तयारी हुँदैछ ?
– गीत–सङ्गीतमा लागेको मान्छेको अरू योजना के नै हुन्छ र ! आफ्ना श्रोताहरूलाई राम्रा–राम्रा साङ्गीतिक खुराक पस्कन सकूँ भन्ने नै हुन्छ । त्यसैको तयारी गरिरहेको छु ।
० कहिलेसम्ममा आउँछ त बजारमा ?
– आउँदो दशैँको कोसेलीस्वरूप लिएर आउने योजनाका साथ लागिरहेको छु । तर अलि गारो होला जस्तो भइरहेको छ ।
० श्रोता–दर्शक माझ पछिल्लो के आएको छ ?
– केही समयपहिले मेरोे एकल सङ्गीत रहेको ‘हजुरको माया’ एल्बम श्रोता–दर्शक माझ आएको छ । एल्बममा नेपालका सुप्रसिद्ध रचनाकारका शब्द एवं गायक–गायिकाको स्वर रहेको छ ।
० कत्तिको सजिलो छ सङ्गीत कर्म ?
– कुनै पनि काम सजिलो हुँदैन, त्यसलाई कसरी सहजरूपमा लिने भन्ने मात्र हो । अहिलेको प्रतिस्पर्धामा आफूलाई सक्षम र व्यस्त बनाइराख्न सक्नु नै आफ्नो कर्ममा सफल मान्नुपर्ने अवस्था छ । एक जनालाई मन परेर नहुने धेरैलाई चित्त बुझाउनुपर्ने काम भएकाले जहिले पनि श्रोता रुचिको सिर्जना कसरी गर्न सकिन्छ भन्ने चिन्ताले सताइरहन्छ । तपाईं आफैँ भन्नुस्, सजिलो छ कि गाह्रो !
० प्रशिक्षण लिनुभएको छ ? स्थानीयस्तरमा तपाईंको भूमिका ?
– तीन वर्ष विराटनगरमा रहेको स्वरसङ्गम सङ्गीतालयमा गीत–सङ्गीतको अध्ययन गरेँ । यही क्रममा गुरुदेव कामतसँग सिक्न थालेँ भने इलाहवाद सङ्गीत संस्थाबाट तीन वर्षे गायनको जाँच पास गरेको छु । स्थानीयस्तरमा हुने साङ्गीतिक कार्यक्रम तथा प्रतियोगिताहरूमा भाग लिएर पुरस्कार पनि हात पार्ने गरेको म सबैको रोजाइमा पर्ने गर्थें । कुनै कार्यक्रम हुने भयो कि मलाई बोलाउन छुटाउँदैनन् ।
० अन्त्यमा…?
– श्रोता–दर्शकले मेरा क्रिएसन मन पराइरहनुभएको छ । आउँदा दिनहरूमा पनि उहाँहरूको माया, साथ र सहयोगको अपेक्षा गर्दछु । ‘यो क्षेत्रले मलाई नाम दिएको छ, माम दिएको छ । आफ्ना अझ नयाँ–नयाँ क्रिएसन पस्किरहने छु । मेरा केही भनाइ राख्ने मौका दिनुभएकोमा लोकप्रिय पत्रिका ताजा खबर साप्ताहिक परिवारलाई धन्यवाद ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल