Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ल्याएको छ। पारिवारिक सम्वन्धलाई मजवुत बनाउदै आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न भन्दै बैंकले ‘तिम्रै लागि’ मुद्धती र बचत खाता ल्याएको हो।
पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन वढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरि उपहारको नयाँ परम्पराको शुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाए ।
सम्वन्धपनको महत्व दर्शाउँदै नयाँ खाता हजुरवुवा हजुरआमा, वुवा आमा, श्रीमान् श्रीमती, दाजुभाई, दिदिवहिनी, छोराछोरी तथा नातीनातिनाहरुले जो कसैलाई पनि उपहार स्वरुप मुद्धती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ।
न्युनतम १० हजार रुपैयाँमा खोल्न सकिने मुद्धती खातामा मासिक रुपमा व्याज प्राप्त गर्न सकिनेछ।
खाता खोल्दा बैंकको मोवाईल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ।
मुद्धती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्यार्ईएको खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै जान सकिने छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल