Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कारमा मृत भेटिएका तीन बालकको शवको पहिचान

दाङ । तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको छ । भारतीय नंम्बर प्लेटको आरजेओ १ सीसी ०८८५ नम्बरको हरियो रंगको कार भित्र फेला परेका बालकको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका –६ बरुवागाँउमा पार्किङ गरि राखिएको उक्त जीपमा सोही ठाउँका ९ वर्षीय सन्देश परियार, ७ वर्षीय सुर्वण परियार र कर्ण परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी प्रमुख गणेश चन्दका अनुसार मृतक तीन जनाको शव पोष्टमास्र्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशीक अस्पतालमा राखिएको छ । लक गरिएको जीपमा शव भेटिएदा घटना शंकास्पद भएको भन्दै प्रहरीले नेपालगन्जबाट तालिम प्राप्त बिशेष कुकुर सहित प्रहरी ल्याएर घटनाको थप अनुसन्धान गरिरहेको छ । गत वैशाख १६ गते घरबाट बेपत्ता भएका तीन बालक गएराति कारभित्र मृतअवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।

 


सम्बन्धित समाचार