Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कारागार बिगार्ने नै प्रहरी

काठमाडौं । गृह प्रशासनको अधिनमा रहेको प्रहरी र कारागार व्यवस्था विभागबीचमा समन्वय नहुँदा जेलका अपराधीसँग पैसा खाएर जेल डिउटीमा रहेका प्रहरीले कानुन विपरितका हर्कत गर्न पाएका हुन् । मान्छे अपराध गरेर जेल पर्छ । अदालतले मुद्दाको फैसला नगर्दाको अवस्थासम्म ऊ थुनुवा हो । कानुनले दण्डित गरेर जब जेलको अवधि तोक्छ बल्ल त्यो राजबन्दी वा फौजदारी अपराधको बन्दी हुन्छ ।
नेपालमा कारागार छन् । सबै जीर्ण र समय अनुकुल छैनन् । १४ वर्ष जेल परेको राजनीतिक योग्यता प्राप्त प्रधानमन्त्री केपी ओलीकै पालामा कारागारको सुधार ऐनमा एउटा अपराधीलाई कारागारमा लोग्ने स्वास्नीसँगै बस्न पाउने व्यवस्था गराइँदैछ । पुरुष र महिला बन्दीहरूको छुट्टाछुट्टै कारागार सातै प्रदेशमा आवश्यक छ । तर कारागार प्रशासनले सुरक्षा डिउटी गर्ने प्रहरीलाई छुन सक्दैन । डिउटीमा बसेको प्रहरीले गरेका अपराध कारागार प्रशासनले त्यो बेला थाहा पाउँछ जुन बेला अपराधले बजार पाएको हुन्छ ।
अनुभवी प्रशासकहरू भन्छन्, कारागारमा खटाइएका प्रहरीको कार्य सम्पादन र मूल्यांकन (कासमू) जेलरले गर्ने हो भने प्रहरीले शम्भु भारतीलाई होटलमा पु¥याउने, बैंक कसुरमा थुनिएका ठगलाई खाजा घर पु¥याएर मस्ती गर्ने छुट दिलाउन सक्दैन । सरकारले कारागारका थुनुवालाई मानव अधिकारको प्रत्याभूति दिलाउने नाममा होटल, होटल चाहार्दै हिँड्ने छूट दिएको छैन । तर पैसा खाँदै प्रहरीले त्यस्तो छूट दिएका घटना धेरै छन् । कारागार ऐनले जेलरलाई बलियो बनाएर के गर्ने व्यवहारमा प्रहरीको पोशाकमै खराबी छ । प्रहरीले गर्ने अपराध कारागारले थाहा नपाउने भएकोले विकृति बढेको हो । प्रहरी कारागारको सर्वेसर्वा बन्न खोज्नु नै शम्भु भारतीको जेलमा मनपरी जमेको हो । नख्खु जेल नजिकैको खाजा घरमा प्रहरीले निगरानी गरोस् त त्यहाँ हरेक दिन हतकडी खोलेर गुण्डा नाइकेहरूले कस्तो हैकम देखाउँछन् । राजधानीको सुरक्षा व्यवस्थापनमा मेट्रो प्रहरी कमाण्डको भूमिका छ । अपराध महाशाखाले प्रत्येक प्रभागहरूमा इकाई राखेको छ । पोशाकमै इमान्दारिता छैन । संस्थागत सुधार छैन भने मेट्रोका डिआईजी शैलेश थापा, अपराधका एसएसपी शहकुल थापाको संगठनप्रतिको बफादारीताको के अर्थ ? कहाँ छ प्रहरी विवाद बिना चलेको ? जहाँसुकै प्रहरी पुगेको पनि छ । अपराधीमाथि दण्ड गरेको पनि छ । आफैं अपराधीसँग मिलेको पनि छ । तर कारबाही प्रहरीलाई हुँदैन । सुनकाण्डमा सहभागी प्रहरी सबै चोखिए । कञ्चनपुर घटनामा प्रहरी हाकिम एसएसपी लक्ष्मण न्यौपाने मारिँदा सांसद रेशम चौधरी जेलमै छन् । ती प्रहरीले रौतहटमा आलम आतंक दबाउन गरेको प्रहरीको बदनामीले उनको मृत्यु रौतहटमा इँटा भट्टामा ज्युदै जलाइएकाहरूको आत्मले दिएको श्राप रहेछ भन्नै पर्ने भो ।


सम्बन्धित समाचार