Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले कोलाहल मच्चायो । शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहबीचको तादम्यता मिल्छ मिल्यो र यी आज सरकारमा छन् । यिनले यथार्थता कति बुझे । जबकि कार्की आयोगले गरेको अदम्य गल्ती भाद्र २४ को १५ पेज लुकाइयो । जहाँभित्र कस्तो कति र कसको सहभागितामा कर्माकाण्ड भो सबै थियो । धेरै जसो रास्वपामा प्रवेश गरेर सांसद भएका अनुहार थिए । पूर्व राष्ट्रपतिको घर जलाउन जाने एमाले अध्यक्षका संरक्षक क्षितिज थेवेदेखि सिंहदरबारको पर्खालमा चढेर बोतल हान्नेसम्मका व्यक्तिको संगठनको पहिचान र तस्बीर आयोगसम्म पुगेको थियो । एमालेको सूचना लिने नेकपा इन्सेकको गोप्य रिपोर्टमा पनि धेरै कुरा छन् । एमाले देशको सर्वश्रेष्ठ पार्टी जसले पार्टीलाई युरोपेली युनियनको भारदार बनाएको छ । त्यही कारण भारदारी जुलुशमा डलरकान्त बाहेक सहभागी छैनन् । सिंहरबारदेखि भाटभटेनीसम्म नेकपा एसदेखि माओवादी कार्यालयसम्म जलाउन जानेहरूको तस्बिर समेत आयोगमा छ । सूत्र भन्छ, सूचना मागियो हामीले दियौ तर कार्की आयोगका चतुर खेलाडी विज्ञानराज शर्माल त्यो रिपोर्ट लुकाए । भाद्र २४ को विध्वंशको लागि छुट्टै छानविन गर्नु पर्ने सुझाव तिनैले दिए । शर्मा तिनै हुन् जो नेपाल प्रहरीमा डिआईजी हुँदासम्म पोशाकका आडमा कुम्ल्याएर एमालेको रघुजी पन्त जस्तै कम्बर ओडेर घिउ खाने शुद्ध । शेरबहादुर देउवा संसदीय व्यवस्था बदनाम गराएको त्यो बेला भन्सार छूटको गाडी ल्याएर छूटको कार झिकेर छुट्टै बेच्ने आकांक्षाका विद्वान मोदनाथ पश्रित र रघुजी एकै प्रकारका हुन् । प्रहरीका विज्ञानराज त्यस्तै हुन् । यस्तै चरित्रलाई बालेन सरकारले कही कतै सल्लाहकार लिँदा सुनमा सुगन्ध हुनसक्छ । किनकि प्रम बालेन्द्र घुस नखाने सचिव, प्रदीप परियार, घुस्याबाट टाढिने विज्ञानलाई भिœयाएपछि सूचनाको जह्रो पत्ता लाग्ने सोचियो भने त्यो भन्दा खराब अरु हुँदैन । गौरीबहादुर कार्की विशेष अदालतका अध्यक्ष भएका कानुनका ज्ञाता थिए । तिनको अध्यक्षतामा बनेको आयोगप्रति एमालेले शुरुमै विरोध ग¥यो । किनिक भाद्र २३ को पौरखी सरकारका प्रधानमत्रीदेखि गृहमन्त्रीसम्मलाई जेल हाल्नुपर्छ भन्ने सुशीला कार्कीको आक्रोशमा गौरीले सामाजिक सञ्जालमा मत जाहेर गर्नु नै एमालेको रिश हो ।
शर्माले सक्थे भने एमाले अध्यक्षलाई चोखो गराउथे । किनकि उनीसँग एमाले काठमाडौंका धेरै नेता सम्पर्कमा थिए । उनी आफैं एमाले तर्फ आकर्षित हुन् । तर त्यो सम्भव थिएन । किनकि केपी ओली जस्तो घमण्डीले पाएको सत्ता लोकलाई शत्रुता ठान्थ्यो । सहयात्रीलाई दुश्मन ठान्थ्यो । १९ जनाको कत्लेआम गरेर दुःख प्रकट नगर्ने त्यस्ता घामट चरित्रसँग विज्ञानराजको व्यहोरा मिल्थ्यो । तर भयो अर्कै । त्यो सत्ताले काठमाडौंका तत्कालिन प्रजिअ छवि रिजाललाई मात्र होइन प्रहरीका डिआईजी विश्व अधिकारीमाथि पनि छोडेन । राजनीतिक स्वार्थमा ओलीले रुपनारयण श्रेष्ठ, महेश बस्नेत, नैनसिंह महर, शेरधन राई, रामकुमारी झाँक्री जस्ता लफङ्गालाई प्रयोग गर्न जति सहज ठाने त्यो रुपमा प्रहरी र निजामती सेवामाथि गरेको अत्याचार अझै छानविनमा छैन । आज सरकारले हतारो ग¥यो भनिन्छ । यो बेला प्रहार नगर्दा प्रहरी र निजामती प्रशासनमा लादिएको एमालेकरणले बढी लुटेकाले आक्रमण सहँदैछ । देशको साझा सम्पत्ति तिनको लागि खञ्चुवा शैली हुन्छ । मान्छेलाई मान्छेकै व्यहोरा हुने शक्तिशाली शंयन्त्र जरुरी छ ।
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल